केन्द्रीय संस्करण

कोभिड–१९ र स्वरोजगार महिला श्रमिकको पीडा

person explore access_timeअसार २३, २०७७ chat_bubble_outline0

कोभिड–१९ को विश्वव्यापी महामारीबाट विश्व नै आक्रान्त भएको अवस्थामा नेपालमा महिनौंको लकडाउनका कारण देशको आर्थिक सामाजिक अवस्था अस्तव्यस्त बन्दै गएको छ । आर्थिक अभावका कारण दैनिक छाक टार्न समेत नसकिरहेको अवस्थामा योबीचमा हजारौं नागरिकहरुले आत्महत्या गरेको घटना बाहिर आएका छन् । नेपाल प्रहरीको तथ्यांक अनुसार लकडाउनकै अवधिमा करिब १ हजार ५ सय जनाले आत्महत्या गरेका छन् । यसरी आत्महत्या गर्नुको पछाडि आर्थिक अभाव नै प्रमुख कारण भएको पाइएको छ ।

सो अवधिमा आत्महत्या गर्नेमध्ये करिब ५ सय महिला र १ सय ७ जना बालिका रहेकोे प्रहरीको तथ्यांक छ । उनीहरुको पनि आत्महत्याको प्रमुख कारण आर्थिक अभाव नै हो । तर, तर त्यसमा अन्य सामाजिक कारणहरुले समेत बढी जिम्मेवार हुने गरेको पाइएको छ । केही समयअघि रुपन्देहीमा भएको दलित बालिकाको आत्महत्या प्रकरणले सामाजिक हिंसा विद्रुप दृष्य देखाएको थियो । रौतटहमा दाइजो नल्याएको नाममा आफ्नै श्रीमानबाट हत्या भएको घटना पनि सामाजिक विचलनको एउटा नमुना गर्छ । कैलालीमा भएको सामूहिक बलात्कार प्रकरण लगायतका घटनाहरु हेर्दा विशुद्ध आपराधिक घटनाजस्तो लाग्छ तर यी घटनाको पृष्ठभूमि महिलाको सशक्तिकरण तथा स्रोत र साधनमाथि उनीहरुको पुहँचको विषयसँग जोडिएका हुन्छन् ।

ठूला घटना मात्रै होइन । नेपाल प्रहरीको रिपोर्ट अनुसार लकडाउन सुरु भएपछि असार ६ गतेसम्म मात्रै महिला हिंसाका साढे ७ सय घटना दर्ता भएका छन् । त्यसमा धेरैजसो घरेलु हिंसा छन् भने केही सामाजिक हिंसाका घटनाह पनि छन् । तर, यी घटनाहरुमध्ये धेरैको पछाडि आर्थिक कारण नै प्रमुख हेको पाइएको छ । अर्थात् आर्थिक अवस्था कमजोर हुनु, महिलाहरुले आर्थिक उपार्जनमा नलागेर पुरुषमै आश्रित हुनु, समाजको आर्थिक अवस्थाभन्दा कमजोर आर्थिक अवस्था हुनु जस्ता कारणले उनीहरुमाथिको हिंसाले पश्रय पाइरहेको देखिन्छ ।

देशमा जबजब राष्ट्रिय संकटहरु आइलाग्छन् । रोजगारदाताले रोजगारीको कटौती सुरु गर्छन् । रोजगारी कटौतीको त्यस्तो सूचीमा पुरुष भन्दा महिलाको नाम नै अगाडि आउँछ । तर, रोजगारीका नयाँ अवसरमा महिलाको ठाउँ भने अलि पछि मात्रै आउँछ ।

देशमा जबजब राष्ट्रिय संकटहरु आइलाग्छन् । रोजगारदाताले रोजगारीको कटौती सुरु गर्छन् । रोजगारी कटौतीको त्यस्तो सूचीमा पुरुष भन्दा महिलाको नाम नै अगाडि आउँछ । तर, रोजगारीका नयाँ अवसरमा महिलाको ठाउँ भने अलि पछि मात्रै आउँछ । यसका विभिन्न कारणहरु हुन सक्छन् । हाम्रो सामाजिक मूल्य र मान्यताको कारणले महिलाहरुलाई भनेको ठाउँ, भनेको समय र परिवेशमा घुलमिल हुन गाह्रो पनि हुन्छ । त्यसमाथि नयाँ काममा हुनसक्ने विभिन्न हिंसाजन्य जोखिमको कारणले उनीहरुलाई नयाँ रोजगारी सुरु गर्नुअघि निकै सोचविचार गर्नुपर्ने अवस्था छ ।

अनौपचारिक क्षेत्रमा श्रम गर्ने महिलाहरुको अवस्था पनि उस्तै हो । संकटको समयमा अनौपचारिक क्षेत्रमा पनि महिलाले नै छिटो रोजगारी गुमाउँछन् । तर उनीहरुले पनि तत्कालै अर्को रोजगारी प्राप्त गर्न सक्दैनन् । त्यसो त, एउटै क्षेत्रमा काम गर्ने महिलाको पारिश्रमिक पुरुषहरुको तुलनामा निकै कम भएको पाइएको छ । नेपालमा पुरुष र महिलाको ज्यालादर सामान्य अवस्थामा १६ प्रतिशतले फरक भएको तथ्यांक छ । विश्वका अन्य मुलुकहरुमा यो दर ३५ प्रतिशतसम्म रहेको देखिन्छ ।

रोजगारी पाउन कठिन हुने र पाए पनि आम्दानी कम हुने अवस्थाका बीच महिलाहरुको पारिवारिक दायित्व भने पुरुषहरुको भन्दा कम हुँदैन । दैनिक खर्च चलाउनदेखि आफ्नो र परिवारको भविष्यका लागि सोच्नुपर्ने बाध्यता उनीहरुलाई समेत हुन्छ । यस्तो अवस्थामा रोजगारी गुमाएका महिलाहरु मानसिक समस्याबाट बढी पीडित हुन्छन् । आम्दानी हुन छाडेपछि घरझगडा र कलह समेत बढ्दै जान्छ । अन्ततः यसले घरेलु हिंसाको रुपम लिन थाल्छ । लकडाउनपछि घरेलु हिंसा बढ्नुको प्रमुख कारण यो पनि हो ।

त्यसो भए के गर्ने त ? आयआर्जन हुने स्वरोजगारीको क्षेत्रको प्रबर्द्धन गर्नु यसको सबैभन्दा उत्कृष्ट विकल्प हो । यसो हुँदा महिलाहरुले आफूलाई कामको अनुसार होइन कामलाई आफ्नो अनुकुलमा चलाएर आफ्नो आर्थिक उपार्जनको मार्ग तय गर्न सक्छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा श्रम गर्ने ९० प्रतिशत भन्दा बढी महिला अनौपचारिक क्षेत्रमा छन् । तीमध्ये धेरैजसो महिलाहरु आयआर्जन नहुने घरायसी श्रममा मात्रै आवद्ध छन् । तथ्यांक अनुसार घरायसी कामहरु पुरुषले भन्दा महिलाले ३ गुणा बढी गर्छन् । तर, यस्तो कामको कुनै पारिश्रमिक हुँदैन ।

आयआर्जन हुने स्वरोजगारीको क्षेत्रको प्रबर्द्धन गर्नु यसको सबैभन्दा उत्कृष्ट विकल्प हो । यसो हुँदा महिलाहरुले आफूलाई कामको अनुसार होइन कामलाई आफ्नो अनुकुलमा चलाएर आफ्नो आर्थिक उपार्जनको मार्ग तय गर्न सक्छन् ।

यस्तो अवस्थालाई सुधार गरेर महिलाहरुलाई आयआर्जन हुनेगरी स्वरोजगार बनाउन सक्ने हो भने घरेलु तथा सामाजिक हिंसाविरुद्ध उनीहरुको आवाज सशक्त बन्दै जान्छ भने देशको आर्थिक अवस्था समेत सुधार हुँदै जान्छ । तर, कोभिड–१९ का कारण महिलाहरु आवद्ध हुने क्षेत्रको स्वरोजगारी ध्वस्त भएको छ ।

म सौन्दर्य प्रशाधन (ब्युटिसियन) क्षेत्रमा आवद्ध छु । यो क्षेत्रमा करिब २ लाख ब्युटीपार्लर सञ्चालनमा छन् । यो क्षेत्र लगभग शतप्रतिशत महिलाले चलेको छ । सामान्य पढलेख गर्नेदेखि, उच्च शिक्षा हासिल गर्नेसम्म गृहिणीदेखि एकल महिलासम्म यो क्षेत्रमा क्रियाशील छन् । गाउँदेखि शहरसम्मै ब्युटिपार्लर खोलेर स्वरोजगार पेशा व्यवसाय सञ्चालन गर्ने महिलाहरु लाखौंको संख्यामा छन् । सीप सिकेर विदेशमा रोजगारी गर्न जानेहरुको संख्या पनि ठूलो छ । यो क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा केही न केही योगदान दिएकै छ ।

तर,  कोभिड–१९ को महामारी र त्यससँगै घोषणा भएको लकडाउनका कारणले यो पेशामा संलग्न धेरै स्वरोजगार महिलाहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ । कतिपयले भाडा तिर्न नसकेर व्यवसाय छाडिसकेका छन । वार्षिक १५ प्रतिशतका दरले बढ्दै गएको यो पेशामा रहेका ३० प्रतिशतले अहिले पेशा छाडिसकेको अवस्था देखिन्छ । अरुले पनि यो पेशा छाड्ने क्रम रोकिएको छैन । अवस्था सहज हुने हो भने पनि यो व्यवसाय पुरानै अवस्थामा फर्किन १ वर्ष लाग्ने अनुमान गरिएको छ । तर व्यवसाय सञ्चालनमा अझै प्रतिबन्ध लगाइने हो भने त्यो समय अझै पर धकेलिन्छ । 

लकडाउनको सुरुवाती दिनमा घरभाडा छुट दिने घोषणा नेपाल सरकारले गरे पनि त्यो व्यवसायको हकमा लागु भएन । अनौपचारिक क्षेत्रका श्रमिकलाई दिने भनिएको छुट पनि कहिँकतै कार्यान्वयन भएको देखिएन । यही विषयलाई सम्बोधन गर्न हामीले तीनै तहका सरकारलाई ज्ञापनपत्र समेत बुझाइसकेका छौं । तर अहिलेसम्म हाम्रो मागको सुनुवाई भएको छैन । अब त सरकारबाट राहत पाउने आशा पनि मर्दै गएको छ । त्यसैले आफ्नो सरकारले अनुमति नै नदिए पनि अब व्यवसाय सञ्चालन गर्नुको विकल्प देखिएको छैन ।

भारतमा विभिन्न अन्तराष्ट्रिय स्तरका ब्युटी पार्लर र सैलुनहरुले स्वास्थ्य सुरक्षाको विधि अपनाएर व्यवसाय सञ्चालन गर्ने योजना बनाएका छन् । त्यस्तै सौन्दर्य प्रशाधनसम्बन्धी सामान उत्पादन गर्ने कम्पनीहरुले पनि सुरक्षा विधि अपनाएर एकपटक मात्रै प्रयोग गर्ने (युज एण्ड थ्रो) सामानहरु उत्पादन गर्ने तयारी गरेका छन् । यस्तो अवस्थामा नेपालमा पनि लाखौं महिला आवद्ध रहेको यो र योजस्ता अन्य क्षेत्रलाई बचाएर महिलालाई स्वरोजगार र आयआर्जनको क्षेत्रमा सशक्त बनाउँदै जानुपर्छ ।

भारतमा विभिन्न अन्तराष्ट्रिय स्तरका ब्युटी पार्लर र सैलुनहरुले स्वास्थ्य सुरक्षाको विधि अपनाएर व्यवसाय सञ्चालन गर्ने योजना बनाएका छन् । त्यस्तै सौन्दर्य प्रशाधनसम्बन्धी सामान उत्पादन गर्ने कम्पनीहरुले पनि सुरक्षा विधि अपनाएर एकपटक मात्रै प्रयोग गर्ने (युज एण्ड थ्रो) सामानहरु उत्पादन गर्ने तयारी गरेका छन् । यस्तो अवस्थामा नेपालमा पनि लाखौं महिला आवद्ध रहेको यो र योजस्ता अन्य क्षेत्रलाई बचाएर महिलालाई स्वरोजगार र आयआर्जनको क्षेत्रमा सशक्त बनाउँदै जानुपर्छ ।

सामान्य अवस्थामा राज्यले कुनै सहयोग गर्नु परेको थिएन । तर अहिलेको विषम परिस्थितिमा हाम्रो समस्याको सम्बोधन गर्नु राज्यको दायित्व हो । नेपाली दिदी बहिनीले स्वरोजगारका रुपमा अपनाएको यो पेशा बचाउन केही नभए पनि घर भाडा छुट, स्थानीय तहमा वार्षिक कर छुट, विशेष प्याकेज, बैंकको किस्ता र ब्याज लगायतका कुरा सरकारबाट सम्बोधन होस भन्ने हाम्रो चाहना छ । यो ब्यवस्था सहित यो पेशालाई सुरक्षा विधि अपनाएर शुरु गर्न दिए पुर्नजिवन पाउने आशा गर्न सकिन्छ । 

महिला सशक्तिकरणले महिला हिंसाका घटनासँग प्रत्यक्ष रुपमा सरोकार राख्छ । महिला सशक्तिकरणको सबैभन्दा महत्वपूर्ण बाटो महिलाको आर्थिक सशक्तिकरण हो । यसका लागि महिलालाई रोजगारी भन्दा बढी स्वरोजगारीमै आवद्ध गराउनुपर्छ । किनभने यस्तो पेशा व्यवसाय रोजगारीको तुलनामा दीगो र स्थायी खालको हुन्छ । त्यसका लागि महिलाहरु आवद्ध व्यवसायहरुलाई बचाउँदै जानुपर्छ ।

(थापा नेपाल व्युटिसियन संघ, प्रदेश ५ कि अध्यक्ष हुन् ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.