‘महानायक’ भन्दै दीपकराज गिरीमाथि व्यङ्ग्य हुन थालेपछि...
काठमाडौं । अभिनेत्री निर्देशक दीपाश्री निरौलाले केही दिन अगाडि एक अन्तवार्तामा राजेश हमाल ‘महानायक’ हो र ? भन्दै प्रश्न उठाएकी थिइन् ।
कोरोनाको कारण फिल्म क्षेत्रमा परेको विषम परिस्थितिमा अभिभावकत्व निर्वाह गरेर आफूलाई वर्षौंदेखि सहयोग गरेका प्राविधिकहरूलाई परेको पीर मर्कामा ‘महानायक’ उपाधिधारी अभिनेता राजेश हमाल सहयोगी हुन नसकेको प्रति लक्षित गरेर दीपाले उक्त कुरा उठाएकी थिइन् ।
‘महानायक’को हिसाबले फिल्म क्षेत्रको पीडामा मलम नलगाए त्यो पदमा शंका उठ्ने आशय उक्त समय दीपाको रहेको थियो ।
तर उक्त प्रश्नका कारण राजेशका फ्यानले निर्देशक निरौलाको सामाजिक संजालबाट चर्काे आलोचना गरे ।
त्यसपछि उनले तत्कालै माफी पनि मागिन् । तर, पनि उक्त कारण उनको अलोचना हुन अझै छोडेको छैन ।
कतिपय सामाजिक प्रयोगकर्ताले दीपाको उक्त प्रश्न प्रति व्यङ्ग्य गर्दै दीपकराज गिरीलाई महानायक भन्नुपर्ने तर्क अगाडि सारे । उक्त तर्कका कारण नेपाली चलचित्र क्षेत्रका विभिन्न कलाकारले आफूलाई चित्त नबुझेका तथा रिस उठेका कलाकारलाई ‘महानायक’ भनेर कमेन्ट गरेर एक अर्काेलाई उडाउन थाले ।
आफूमाथि व्यङ्ग्य हुन थालेपछि कलाकार दीपकराज गिरी सजक देखिएका छन् । उनले आफूलाई महानायकको पगरी भिर्याउनेलाई आफ्नो बाटो, लक्ष्य कहिले पनि महानायकतिर नभएको स्पष्ट परेका छन् ।
‘मेरो गल्ती विना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद’ दीपकले सामाजिक संजालमा लेखेका छन् ‘जवदेखि कलाकार भएँ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहँन्थे ।’
दीपक अगाडि थप्छन् ‘जब असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिँड्नु राम्रो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष झासहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
अदालतबाट केजरीवालले पाएनन् राहत
-
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु
-
प्रदेश सरकारको भागबन्डामा जुटेन सहमति, गठबन्धन दलहरूको आ–आफ्नै अडान
-
सर्लाहीबाट १० निरीक्षक निष्कासित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए
-
सुन तस्करीमा प्रतिवादी बनाइएका जीवन चलाउनेसँग एक दर्जन प्रहरी अधिकृतको नियमित सम्पर्क