शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘चिनी कम रंग कडा’ अमेजन मार्फत सार्वजनिक

मङ्गलबार, २३ असार २०७७, १२ : ५३
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । फिल्म ‘चिनी कम रंग कडा’ सार्वजनिक भएको छ । कोरोनाको कारण फिल्मको रिलिज अनिश्चित बनेपछि निर्माण युनिटले फिल्म अमेजन प्राइम भिडियो मार्फत सार्वजनिक गरेको हो । 

अमेजन प्राइम भिडियो मार्फत रिलिज भएपछि यो फिल्म हाल अमेरिका र बेलायतमा हेर्न मिल्ने छ । नेपालमा भने केहि समयपछि प्रदर्शन गरिने निर्माण पक्षले जनाएको छ ।

मानव सुबेदी, सुशील सिटौला, अनु थापा, रविन जंग थापा, सुर्य थापा, जीवन भट्टराई, प्रकाश भुजेल लगायत कलाकारको फिल्ममा अभिनय रहेको छ । 

विवेक घिमिरेको निर्देशन रहेको फिल्म गणेश देव पाण्डेको निर्माण तथा लेखन रहेको छ । फिल्ममा मानव सुवेदीको संगीत, याचोपो रचलिक र लुका मौचेरीको छायांकन, कृष्ण भण्डारीको सम्पादन रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप