बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही किसानलाई आत्मनिर्भर बनाउने अभियान

मङ्गलबार, २३ असार २०७७, १३ : ३६
मङ्गलबार, २३ असार २०७७

बुटवल । प्रदेश ५ सरकारले रुपन्देहीको रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेको छ ।

प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानेले जिल्लाको दक्षिणी क्षेत्रमा रहेको रोहिणी गाउँपालिकाका ४४ जना किसानलाई दुई–दुई वटा उन्नत जातका बाख्रा वितरण गरेका हुन् ।

किसानलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप विपन्न घरधुरीलाई उन्नत जातको बाख्रा प्रदान गरिएको सो अवसरमा प्रदेश सभा सदस्य डा.न्यौपानेले बताए ।

 उनले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम अन्तर्गत हामी सबैलाई रोजगारी दिने अभियानमा लागेको बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादबले प्रदेश सरकारको कार्यक्रम अन्तर्गत पालिकाले अति विपन्न परिवारको छनौट गरेको बताए । 
पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले रोहिणी गाउँपालिकाले यस वर्ष ४४ जना अति विपन्न किसानलाई उन्नत जातका दुइवटा बाख्रा दिएको बताए भने वडा नम्बर ७  खोकरनीका रामबृक्ष चमारले कमसेकम यी बाख्रा पालेर पाठापाठी पाएपछि बेचेर आफ्नो दुखः कटाउन सहज हुने बताए ।

मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमले किसानहरुको जीवनस्तरमाथि उकास्नेगरी विभिन्न कार्यक्रम गर्ने क्रममा रोहिणीमा पनि बाख्रा बितरण गरिएको मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमका  प्रतिनिधि प्रदीप पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप