बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘सरकारी अस्पतालको सेवा उत्कृष्ट’

मङ्गलबार, २३ असार २०७७, १३ : ४२
मङ्गलबार, २३ असार २०७७

वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारी अस्पतालप्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । 

 भरतपुर अस्पतालमा आज  स्वास्थ्य परीक्षण गराएपछि उनले यहाँको सेवाको बारेमा आम जनतालाई बुझाउन आग्रह गरे । 

सरकारी अस्पतालको सेवा सुविधा राम्रो हुँदै गएको जनाउँदै उनले यस अस्पतालको सेवा उत्कृष्ठ रहेको आफूले जानकारी पाएको बताए । 

उनले कोभिड–१९ को उपचारमा सरकारी अस्पतालले पु¥याएको योगदानको उच्च सम्मान गर्दै थप प्रभावकारी सेवा दिन आग्रह गरे । सो अवसरमा  अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, अस्पताल विकास समितिका सदस्य केशव देवकोटा, अस्पतालका वरिष्ठ हाडजोर्नी एवं नसा रोग विशेषज्ञ प्रा डा कृष्ण पौडेल र सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालका सेवा सुविधाका बारेमा जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई पनि सो अवसरमा उपस्थित थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप