शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार कहाँ कति थपिए कोरोना संक्रमित ? (तथ्यांकसहित)

मङ्गलबार, २३ असार २०७७, १७ : १८
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । सरकारले लक डाउन केही खुलुलो बनाएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार ५४ जना संक्रमित भेटिएको उपत्यकामा मंगलबार केही कम भएपनि लकडाउन अवधि पहिलेको भन्दा बढी २८ जना संक्रमित भेटिएका छन् । लकडाउन खुकुलो भएसँगै आवतजावत बढेकोले उत्पयकामा संक्रमितको संख्या बढेको हो । मंगलबार काठमाडौंमा १४, ललितपुर १० र भक्तपुर ४ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म उपत्यकाभित्र ठेगाना राख्ने संक्रमितको संख्या २ सय ६७ रहेको स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ । जसमा काठमाडौंका १ सय ७५, ललितपुरका ४१ र भक्तपुरका ४३ जना संक्रमित रहेका छन् । 

रोग नियन्त्रण महाशाखा प्रमुख डा.वासुदेव पाण्डेका अनुसार काठमाडौंको कपन महाराजगञ्ज, नैकाप, बुढानिलकण्ट र चन्द्रागिरी लगायतका क्षेत्रमा संक्रमित भेटिएका छन् । यस्तै भक्तपुरको सल्लाघारी, चाँगुनाराण र ललितपुरको चापागाउँ, धोविघाँट, भैसेपाटी र ठेचो लगायतका ठाउँमा संक्रमित भेटिएका छन् ।

विदेशबाट आउने र देशभित्र विभिन्न क्षेत्रबाट आउनेहरुका कारण संक्रमण बढेको उनले बताए । मंगलबार देशभर २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नेपालमा संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । प्रदेश नम्बर २ का महोत्तरी र रौतहट, प्रदेश नम्बर ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशको अछाम कैलाली र बाजुरामा ५ सय भन्दा बढी संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । नेपालका ४ जिल्ला तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्लामा संक्रमितको संख्या शून्य रहेको छ ।

सरकारले स्वास्थ्यकर्मी लगायत जोखिममा परेको समुदायका ४५ हजारको पीसीआर परीक्षणको तयारी समेत गरेको जनाएको छ । पीपीआर विधिबाट मंगलबार ६ हजार १ सय ३३ वटा परीक्षण भएका छन् । आजसम्म कूल २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा रहेका छन् । देशभरका विभिन्न अस्पतालमा ८ हजार ६ सय ३४ जना संक्रमित उपचाररत रहेका छन् । मंगलबार ६ सय ८८ गरी आजसम्म ७ हजार ४ सय ९९ जना संक्रमित निको भएर घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो समय संक्रमणको दर घटेको र निको भएर घर फर्किनेको संख्या बढेको छ ।

सरकारले सबै अस्पताल र प्रयोगशालाहरुलाई गर्भवती महिला र सुत्केरी महिलाहरुको पीसीआर परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ । उनीहरुको स्वाव संकलन गरी प्रयोगशालामा पठाउँदा र प्रयोगशालाले परीक्षण गरी संकलन भएको ठाउँमा पठाउँदा स्वाव राखिएको भाँडोमा रातो फित्ता वा डोरीमा राखेर पठाउन आग्रह गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप