बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा मोटरसाईकल दुर्घटना, १ जनाको मृत्यु

मङ्गलबार, २३ असार २०७७, १७ : ४७
मङ्गलबार, २३ असार २०७७

बुटवल । रुपन्देहीमा मोटरसाईकल दूर्घटनामा परेर १ जनाको मृत्यु भएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका–५ मकरीस्थित भित्री सडक खण्डमा मझगावाबाट भैरहवातर्फ जाँदै गरेको लु ३४ प ३४२५ नं. को मोटरसाईकल दुर्घटना हुँदा सियारी गाउँपालिका ४ पर्सोनीका ३३ वर्षीय रिजमान अहमद मुसमानको मृत्यु भएको हो ।

मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुदाँ गम्भीर घाइते भएका मुसमानको भैरहवाको भिम अस्पतालमा आज दिउँसो मृत्यु भएको प्रहरीले जनाकारी दिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप