शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भाइबरको नयाँ फिचरः अब बुमर्याङ र रिभर्स मोडहरु लगायतका विशेषताहरु सहित आफ्नै जिआइएफ बनाउन सकिने

मङ्गलबार, २३ असार २०७७, १८ : २३
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । पैसा नलाग्ने र सहज सञ्चार आदान प्रदानका लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरले आफ्ना प्रयोगकर्ताहरुका लागि एक विशेष प्रकारको जिआइएफ निर्माण गर्न मिल्ने फिचर प्रस्तुत गरेको छ । जसको सहायताले उनीहरुले आफ्ना परिवार र साथीहरुलाई रमाइलो जिआइएफ सिर्जना गरेर पठाउन सक्दछन् । 

विश्वभरमा तत्काल मेसेजिङ्गको माग बढिरहेको अवस्थामा भाइबरको नयाँ जिआइएफ फिचर भने भाइबरले गत महिनामात्र शुरु गरेको २५० जनासम्म सामुहिक च्याट गर्ने र २० जनासम्मको  भिडियो कल गर्ने सुविधायुक्त विशेषतामा थप एक अर्को सुविधा हो । नयाँ जिआइएफ क्रिएटर आइओएसमा शुरु भैसकेको छ र एन्ड्रोइडमा अर्को हप्तादेखि शुरु हुनेछ ।

अक्सर कसैले पठाएको लेख्य सन्देश बुझ्न अत्यन्त गाह्रो पर्ने गर्दछ । इमोजिहरुले यदाकदा सहयोग गरेतापनि लेख्यमार्फत व्यक्त गर्न सकिने भाव सीमित नै हुन्छ । भाइबरको नयाँ अनुकलन योग्य जिआइएफ फिचर, यसको पहिले नै शुरु भैसकेको नयाँ अनुकूलन योग्य स्टिकरमा एक थप हो, र यो लेखनमार्फत् गरिने सञ्चारलाई बदलेर अझ सजिलो र सटिक बनाउने लक्ष्य हो, जुन यसभन्दा अघि भएको थिएन । 
 
कुनै पनि च्याटमा भाइबर प्रयोगकर्ताहरुले एपमा रहेकोे नयाँ क्यामराको सहायताले छोटो भिडियो रेकर्ड गरेर वा उनीहरुको ग्यालरीबाट रोजेर त्यसलाई बुम¥याङ, छिटो चल्ने वा रिभर्स चल्ने रमाइलो जिआइएफमा परिवर्तन गर्न सक्नेछन् ।

भिडियोलाई नयाँ जिआइएफमा बदल्न प्रयोगकताहरुले निम्न गर्न आवश्यक पर्छ :

-जिआइएफमा शुरु गर्न भिडियोलाई काँटछाँट (ट्रिम) गरेर सही अंश छान्न सकिने ।
-जिआइएफको लागि प्ले मोड मार्फत बुम¥याङबाट अन्त्यहीन लूप गर्ने, रिभर्स मोड गर्ने, स्लो–चल्ने, र २ गुना वा ४ गुना छिटो चल्ने मोड रोज्न सकिने ।
-नयाँ जिआइएफलाई विभिन्न फन्टहरु र कलरहरुका साथसाथै डूडल र स्टिकरहरुको प्रयोग गरी स्टाइल थप्न सकिने ।

राकुटेन भाइबरका सिओओ ओफिर इयालले अहिलेको समयमा भाइबर आफ्नो प्रयोगकर्ताहरुलाई तत्काल सन्देशमा विभिन्न तरिकाहरुद्वारा सञ्चार आदानप्रदान गरी भावना अभिव्यक्त गराउन र प्रयोगकर्ताहरुलाई सशक्त बनाउन प्रतिबद्ध रहेको बताए । उनले भाइबरमा एउटा इमोजिले एउटा शब्द बोल्छ भने जिआइएफ र स्टिकरहरुले पूरा वाक्य नै व्यक्त गर्न सक्ने भएकाले आफ्नै जिआइएफहरु बनाउन मिल्ने फिचरका साथ प्रयोगकर्ताहरुले अझ बढी सटिक तवरमा र बढी रमाइलो तरिकाले आफूलाई अभिव्यक्त गर्न सक्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप