करेन्ट लागेका किशोरको हात काट्नुपर्ने
मङ्गलबार, २३ असार २०७७, १९ : ००
रौतहट । रौतहटमा करेन्ट लागेर घाइते भएका एक किशोरको हात काट्नुपरेको छ । करेन्ट लागेर गम्भीर घाइते कटहरिया १ भसेढवा कठौतिया टोलका योगेन्द्र दाशको १५ वर्षीय छोरा आकाश दासको दाहिने हात काट्नुपरेको हो । दाशको दाहिने हात जलेर कामै नलाग्ने अवस्थामा पुगेको छ ।
करेन्टका कारण हातको रक्त सञ्चारनै अवरुद्ध भएकाले काट्नुको विकल्प नरहेको उपचारमा संलग्न नेशनल मेडिकल कलेज वीरगञ्जका डाक्टर विनोदकुमार रायले जानकारी दिए । गत १४ गते आइतबार दाउरा लिन जंगलमा गएका उनी जामुन टिप्न रुखमा चढ्ने क्रममा ३३ केभी विद्युत प्रसारण लाईनको तारमा करेन्ट लागेर तल खसेका थिए । दाउरा लिन सँगै गएका उनका कान्छाभाइ १० वर्षीय अविनास दासले गुहार लगाएपछि गाउँलेहरुको सहयोगमा अचेत आकाशलाई एम्बुलेन्सबाट उपचारका लागि नेसनल मेडिकल वीरगञ्ज पुर्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै