बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘प्रत्येक खातासँग तपाईको आफ्नै एउटा विरुवा’ एनएमबि ग्रिन फिक्सड डिपोजिटको साथमा

मङ्गलबार, २३ असार २०७७, १९ : ४७
मङ्गलबार, २३ असार २०७७

काठमाडौं । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै एनएमबि बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ ।

जहाँ ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबि ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् । 

वातावरणीय संरक्षणलाई सघाउ पुर्याउने कार्यलाई प्रवर्धन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको छ जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १००५  कर्जा प्रदान गर्नेछ ।

बैंकले जारी विज्ञप्तिमा एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र हाम्रो वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने सचेत प्रयास भएको जनाएको छ । यस योजनाले बैंकको मुल्यवान ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जसले सुरक्षित तुल्याउन सहयोग गर्नेछ । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप