बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी जाम

मङ्गलबार, २३ असार २०७७, १९ : ४९
मङ्गलबार, २३ असार २०७७

भक्तपुर । भक्तपुरको जगाती हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ ।  विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । सो नाका हुँदै उपत्यका भित्रिनेहरुलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ । चेकजाँचका क्रममा सो सडक खण्डमा जाम परेको हो । 

सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाएपनि अत्यावश्यक सवारी र सम्बन्धित निकायबाट पास लिएर आवतजावत गर्नेहरुको संख्यामा भने कमी आएको छैन् । कोरोना भाइरस (कोभिड—१९) संक्रमण न्युनिकरणका लागि भन्दै सरकारले लकडाउन गरेपछि पछिल्लो समय केही खुकुलो भएसँगै नीजि सवारी साधन सञ्चालनमा रहेका छन् ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्दै जिल्लाभित्र जोर विजोर प्रणालीबाट सवारी सधान सञ्चालन गर्न दिएको छ । मंगलबार भक्तपुरको जगातीमा उपत्यका भित्रिने सावारीसाधनको चेकजाँच गरिएपछि सवारी साधनको लामो लाइन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप