बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा क्रिएशन र कोका—कोलाको दोस्रो चरणको राहत वितरण कार्यक्रम सम्पन्न

मङ्गलबार, २३ असार २०७७, २० : ०५
मङ्गलबार, २३ असार २०७७

चितवन । क्रिएशनले कोका—कोला नेपालको साथमा सफाईकर्मीहरु र उनीहरुको परिवारलाई कोभिड—१९ को नकारात्मक प्रभावबाट सुरक्षित राख्न राहत तथा सुरक्षा सामग्री प्रदान गर्दै चितवनमा दोस्रो चरणको राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । 

यो राहत वितरण कार्यक्रम क्रिएशन र कोका—कोला नेपालको जारी सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको एक हिस्सा हो जसको लक्ष्य नेपालभरका ३२०० सफाईकर्मीलाई सहयोग गर्ने र जीविकोपार्जनको रक्षा गर्ने रहेको छ । उक्त टोली अहिले अन्तिम चरणको राहत वितरण कार्यक्रमको तयारी गरिरहेको छ जुन आगामी साता सप्तरी, सिराहा र पर्सा जिल्लामा आयोजना हुनेछ ।

चितवनमा भएको दोस्रो चरणको वितरणमा ६४० सफाईकर्मीहरु लाभान्वित भएका छन् जहाँ गुणस्तरीय राशनको ५२७ प्याकेज, औषधि, जागरुकता सामग्रीहरु र ग्लभ्स, बुट र पीपीई लगायत ११७ सुरक्षा सामग्रीहरु वितरण गरिएको थियो । यसका साथै चिकित्स परामर्श र सामान्य स्वाच्छता जागरुकता पनि प्रदान गरिएको थियो । उक्त वितरण कार्यक्रमहरु रत्ननगर र भरतपुरको १५ वटा विभिन्न स्थानहरुमा आयोजना गरिएको थियो जुन रिसाइक्लर साथी, कवाड व्यवसायी संघ र ग्रीन सिटी वेस्ट म्यानेजमेन्टको सहयोगमा सम्पन्न भएको थियो भने भरतपुर नगरपालीकाकी सहायक मेयर पार्वती शाह ठकुरी र रत्ननगर नगरपालीकाका मेयर नारायण वनको उपस्थीति रहेको थियो ।

यस जारी परियोजनाका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, "कोभिड—१९ को बढ्दो जोखिमसँगै यो नागरिक समाज संगठन, व्यक्तिहरु, फोहोर संकलन कम्पनीहरु, विकास एजेन्सीहरु र सरकारको संयुक्त प्रयास हो जुन फोहोर व्यवस्थापन क्षेत्रका लागि पहिला भन्दा अझ बढि आवश्यक छ । क्रिएशन सफाईकर्मीहरुका लागि पूर्ण सहयोग र सहायता प्रदान गर्न अझ बढि प्रतिबद्ध छ । उनीहरुको हित हाम्रो र समाजको हितसंग जोडिएको छ त्यसैले हामीले उनीहरुलाई महामारीको डरबाट मुक्त भएर सुरक्षित जीवन बिताउन सहयोग गर्ने आशा राखेका छौं ।” 

कोका—कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले सफाईकर्मी समुदायले यस कठिन समयमा सेवा पु¥याउन निकै प्रशंसनीय काम गरिरहेको बताए । उनीहरुको सुरक्षाका लागि रक्षात्मक सामग्री र परिवारका लागि खाद्यान्न उपलब्ध भएको सुनिश्चित गर्न चाहेको उनले बताए । 
सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट जेठ २ गतेबाट शुरु भएको हो र हालसम्म ४५ वटा राहत कार्यक्रम सम्पन्न गरि २३०० भन्दा बढि सफाईकर्मीहरु प्रत्यक्ष लाभान्वित भइसकेका छन् । यस अवधिमा एक परिवारका ५ सदस्यलाई एक महिनासम्म पुग्ने राशन प्याकेजहरु वितरण गरिएको थियो जहाँ ११५०० भन्दा बढि लाभान्वित भइसकेका छन् । यसका साथै ६०० भन्दा बढि रक्षात्मक सामग्री वितरण गर्नुका साथैं जागरुकता कार्यक्रम र चिकित्सा परामर्श पनि प्रदान गरिएको थियो । 

यो परियोजना नेपालभरका ३२०० सफाईकर्मीहरुलाई सकारात्मक लाभ पु¥याउने लक्ष्यका साथ चालू कोभिड—१९ महामारीको सामना गर्नका लागि प्रतिक्रियाको रुपमा शुरु गरिएको थियो । यस परियोजनाले काठमाडौं र चितवनमा वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ र अब सफाईकर्मीहरुको उथानका लागि आगामी सातामा सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा राहत कार्यक्रम संचालन गर्ने लक्ष्य राखेको छ ।

सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्ट वुमन फर ह्युमन राइट, डोको रिसाईकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभसँगको संयुक्त साझेदारी हो जसले आ—आफ्नो सन्जालमा रहेका सफाइकर्मीहरुको विवरण प्रदान गरेर यस परियोजनाको पहुँचलाई व्यापक बनाउन मदत गरेका छन् । 

यो परियोजनाको उद्देश्य वर्तमान संकटको अवस्थामा परेका करिब ३२०० सफाईकर्मीहरु र उनीहरुका परिवारजनको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने हो । यस परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, र चितवनमा वितरण कार्यक्रम सम्पन्न गरिसकेको छ र अब सप्तरी, सिराहा र पर्सा जिल्लाका विभिन्न नगरपालिकाहरूमा पनि वितरण कार्यक्रम आयोजना गर्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप