हिमालयले चीनको टियानजिन र मनिलामा चार्टर्ड उडान गर्ने
मङ्गलबार, २३ असार २०७७, २० : ०९
काठमाडौं । हिमालय एयरलाइन्सले फिलिपिन्सको मनिलामाई जुलाई ११ तारिखमा चार्टर्ड उडान गर्ने भएको छ । विभिन्न देशमा अलपत्र नेपालीको उद्धार उडान गर्दै आएको हिमालयका लागि यो नयाँ गन्तव्य हो । सोही दिन हिमालयले साउदी अरेबियाको दमाममा चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काउने जनाएको छ । हिमालयले नयाँ गन्तव्यका रुपमा जुलाई ८ र ९ तारिखमा चीनको टियानजिन गन्तव्यमा चार्टर्ड उडान गर्ने कार्यतालिका बनाएको छ ।
जुलाइ १२ मा मलेसियाको क्वालालम्पुर चार्टर्ड उडान नेपाली ल्याउने कार्यतालिका कम्पनीले विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । यसअघि जुलाई २ देखि ८ तारिख सम्मको उडान तालिका बनाएर हिमालयले साउदी अरेबियको दमाम, मलेसियाको क्वालालम्पुर, कतारको दोहा युएईको आबुधाबी र कुवेतबाट चार्टर्ड उडान गरी नेपालीलाई स्वेदश फर्काएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु
-
बागमतीमा वैशाख २४ गते सार्वजनिक बिदा
-
केपी ओलीले कार्यकर्तालाई भने, ‘जातका कुरा मनमा नराख्नुहोस्’