बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका युवकमा कोरोना पुष्टि

मङ्गलबार, २३ असार २०७७, २० : १५
मङ्गलबार, २३ असार २०७७

गोरखा । पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएका गोरखाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। गोरखाको भिमसेन थापा गाऊँपालिका–२ का २७ वर्षिय एक युवकको उपचारको क्रममा मृत्यु भएपछि गरिएको कोरोना परिक्षणमा संक्रमण भएको पुष्टि भएको हो।

उनलाई गत असार २० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा आफन्त तथा स्थानीय बासिन्दाले देखेपछि उपचारका लागि घ्याम्पेसालस्थित मनासलु अस्पतालमा प्रारम्भिक उपचारपछि युवकलाई थप उपचारका लागि पाटन अस्पताल पठाइएको घ्याम्पेसालस्थित मनासलु अस्पतालका संचालक विकास श्रेष्ठले रातोपाटीलाई बताए। उपचारकै क्रममा उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको र सोमवार संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको हो।

मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएलगतै मनास्लु अस्पालका सबै स्वास्थ्यकर्मी होम क्वारेन्टाइनमा राखिएको अस्पताल सञ्चालक विकास श्रेष्ठले बताए। यता, गाउँपालिकाले  मृतक युवकको रिपोर्ट प्राप्त भइनसकेको र प्राप्त हुनासाथ आफन्त र छरछिमेकको कन्ट्याक ट्रेसिङ र पिसिआर जाँच अघि बढाउने जनाएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप