युभेन्टसविरुद्ध एसी मिलानको उत्कृष्ट पुनरागमन, १८ मिनेटमा चार गोल
काठमाडौँ । १८ मिनेटको अन्तरमा चार गोल गर्दै एसी मिलानले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै युभेन्टसविरुद्ध ४–२ को रोमाञ्चक जीत हासिल गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुवातमा नै एड्रियन राबियोले उपाधि होडमा रहेको युभेन्टसलाई अग्रता दिलाए । लगत्तै क्रिस्टियानो रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर बनाए । योसँगै रोनाल्डोले लगातार पाँचौ खेलमा गोल गर्न सफल भएका छन् । यो सिजन उनले पोर्चुगल र युभेन्टसका लागि ४१ गोल गरिसकेका छन् ।
युभेन्टस सहज जीततर्फ अघि बढिरहेको बेला खेलको ६२ औँ मिनेटमा मिलानले पेनाल्टी पायो जसलाई ज्लाटान इब्राहिमोविचले सजिलै गोलमा परिणत गरे । जनवरीमा एसी मिलानसँग आबद्ध भए यता उनले १३ खेलमा ६ गोल गरेका छन् ।
त्यसपछि फ्रांक केसी र राफायल लिएओले गोल गर्दै मिलानको पुनरागमन पुरा गरे । खेल सकिन १० मिनेट बाँकी छँदा एन्टे रेबिकले चौथो थोल गर्दै मिलानको रोमाञ्चक जीत सुनिश्चित गरे ।
पराजयसँगै माउरिजियो सारीको टोलीले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने अवसर गुमाएको छ । दोस्रो स्थानमा रहेको लाजियो मंगलबार लिससँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै