शल्यक्रियापछि बैसाखीको सहारामा गायिका मेडोना, सेयर गरिन् टपलेस फोटो
अमेरिकी गायिका तथा गीत लेखिका मेडोना आफ्ना प्रशंसकलाई लगातार आफ्नो सेन्सेसनल मिडिया पोस्टमार्फत् चकित बनाइरहन्छिन् । ६१ वर्षीया मेडोनाको फिटनेस र सुन्दरताको कुरा गर्ने हो भने उनी आफ्नो उमेरको आधा जस्तो देखिन्छिन् । मेडोना सोसल मिडियामा सबैभन्दा धेरै सक्रिय रहने हलिउड सेलिब्रिटी मध्ये एक हुन् ।
इन्स्टाग्राममा मेडोनाद्वारा सेयर गरिएको हालैको तस्बिरमा उनी बैसाखीको सहारामा उभिएको देखिन्छिन् । मेडोनाको घुँडाको शल्यक्रिया भएको छ र उनी आफ्नो खुट्टामा धेरै दबाब नदिने मनसायले बैसाखीको सहारामा हिडिँरहेकी छिन् ।
मेडोनले घुँडाको शल्यक्रिया गरेको धेरै समयपछि आफ्नो तस्बिर सेयर गरेकी हुन् । उक्त तस्बिरमा उनी बैसाखीमा त उभिएकी छिन् तर टपलेस देखिएकी छिन् । उनले आफ्नो शरीरलाई हातको सहाराले छोपेकी छिन् ।
उनको फोटो सेयर भएको केही घण्टा भित्रै ६ लाख बढीले लाइक र सेयर गरेका छन् । मेडोनाले तस्बिर सेयर गर्दै लेखिन्, ‘सबैसँग एउटा बैसाखी हुन्छ ।’
उनको यो तस्बिरको कमेन्ट बक्समा उनका एक प्रशंसकले लेखे, ‘तपाईं निकै स्वतन्त्र र पहिलेको भन्दा निकै राम्रो देखिरहनुभएको छ । यो देखेर राम्रो लाग्यो ।’ यस्तै अर्का एक व्यक्तिले कमेन्टमा लेखे, ‘यो तस्बिर देखेर त मेरो सासै अड्कियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आप्रवासी कामदारका सम्बन्धमा २०२२ को विश्वकप अघिकै अवस्थामा फर्कियो कतार
-
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
-
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबाट लोकतन्त्र दिवसको उपहास, शुभकामना दिनै कन्जुस्याइँ !
-
संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न सक्दैन : नेता कोइराला
-
कर्णालीमा भागबण्डा टुङ्गियाे, सामाजिक विकास मन्त्रालय माओवादीलाई
-
‘कर्णालीबारे ५ प्रतिशत पनि लेखिएको छैन’