शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महासमिति सदस्यमाथि ५ वर्षे कारवाही

बुधबार, २४ असार २०७७, १२ : ५३
बुधबार, २४ असार २०७७

काठमाडौं । अनुशासन उल्लंघन गरेको भन्दै नेपाली काँग्रेसले महासमिति सदस्य महेन्द्र मल्ललाई पार्टीबाट निस्काशन गरेको छ । 

सो पार्टीको केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले बाँके जिल्लाका मल्लले नेपाली काँग्रेस पार्टी विरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको ठहर गर्दै ५ बर्षका लागि पार्टीबाट निस्कासनको कारवाही गरेको हो । 

उनलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा १ (क) बमोजिम पार्टीको अनुशासन उल्लघंन गरेकोले विधान २०१७ (संशोधन सहित) धारा ३४ को उपधारा ८ (ङ) अनुसार ५ वर्षका लागि पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप