शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म ‘मेरो दिल’को गीत सार्वजनिक

बुधबार, २४ असार २०७७, १३ : ४१
बुधबार, २४ असार २०७७

काठमाडौं । प्रेम कथानक फिल्म ‘मेरो दिल’ को ‘उनी र म..’ बोलको गीत सार्वजनिक भएको छ । प्रेमपीडा भावको गीतमा करणराज गिरीको स्वर र संगीत तथा नारायण जलनको शब्द छ ।
 
रेखा शाह र नरेश योगीले कोरियोग्राफी रहेको गीतको भिडियोमा मोनिका दाहाल र शंकरराज पहाडीको अभिनय देख्न सकिन्छ । फिल्मको रिलिज अनिश्चित भएपनि प्रचार प्रसार विस्तारै गर्ने उदेश्यले निर्माण युनिटले गीत सार्वजनिक गरेको हो ।
 
नविन पन्तको निर्देशन रहेको फिल्ममा मोनिका, शंकरराज, ओेसिन भट्टराई, हरि बस्नेत डिकेलगायतले अभिनय देख्न सकिन्छ । विनोद सापकोटाको छायाँकन रहेको फिल्मको निर्मातामा गीता शर्मा, सलिना लामा, हरि शर्मा र टेरिसा खड्का हुन् । 

फिल्म कोरोना महामारी शान्त भएपछि रिलिज गरिने निर्देशक पन्तले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप