शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका संक्रमण बढ्यो तर मृत्युदर घट्यो : ढुक्क नहुन फाउचीको चेतावनी

बुधबार, २४ असार २०७७, १४ : ०३
बुधबार, २४ असार २०७७

अमेरिकामा कोरोनासंक्रमितको संख्या ३० लाख नाघेको छ । तर साथसाथै मृत्यु हुनेहरुको संख्या पनि घट्दै गएको छ । यो अमेरिकाको लागि एक किसिमको राहत जस्तै भएको छ ।

तर अमेरिकाका शीर्षस्थ संक्रामिक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले ‘मृत्युदर घट्दै गयो भन्दैमा ढुक्क हुन नमिल्ने’ चेतावनी दिएका छन् ।

अमेरिकामा कोरोनासंक्रमितको संख्या ३० लाख नाघेको तथा जीवन सहज हुने आशा गरिएका अमेरिकाका केही राज्यहरुमा उल्टै प्रतिबन्धहरु कडा बनाउँदै लैजानु परेको र मास्कलाई अनिवार्य बनाउनुपरेको स्थितिबीच डा. फाउचीको सो चेतावनी आएको हो ।

‘हाम्रा खतरनाक व्यवहारले आफूलाई संक्रमित हुन दिनु भनेको हामी आफैं पनि महामारीको संवाहक हुनु हो,’ उनले भनेका छन्, ‘ अन्य थुप्रै कुराहरु छन्, जुन यस भाइरसका बारेमा खतरनाक र खराब हुन् । गलत आत्मविश्वासमा परेर ढुक्क नहुनुहोस् ।’

ट्रम्प प्रशासनका कोरोनाभाइरस रेस्पोन्स कोअर्डिनेटर डा. डेबोरा एल. व्रिक्सले युवाहरुमाझ कोरोनाभाइरसको संक्रमण तीब्र दरमा फैलिएको पछिल्लो घटनाले पदाधिकारीहरु आश्चर्यचकित बनेको बताएका छन् ।

‘१८ देखि ३५ वर्ष उमेरसमुहमाझ यो मात्रामा सामुदायिक स्तरमा संक्रमण फैलिन्छ भनेर हामी कसैले साँच्चै नै कल्पना नै गरेका थिएनौं,’ एटलान्टिक काउन्सिल प्यानलमा छोटो समय देखापरेका डा. व्रिक्सले भनेका छन्, ‘यो त्यो उमेर समूह जुन मार्च–अप्रिल ताका अत्यन्तै अनुशासित थिए । तर जसै उनीहरुले मानिसहरुलाई बाहिर खुलामा र सामाजिक सञ्चालहरुमा देखे, उनीहरु पनि बाहिर निस्किए ।’

अहिले अमेरिकामा संक्रमणको दर तीब्र रुपमा फैलिइरहेको छ र तीस लाख नाघेको छ । तीमध्ये आधार त गत जुन २६ यता मात्रै देखापरेका हुन् । गत दुई हप्तामा अमेरिकाका ३७ राज्यहरुमा संक्रमणका केसहरुमा बृद्धि भएको छ र प्रतिदिन करिब ५० हजार नयाँ केसहरु देखापरिरहेको छ । यो भनेको गत मधय जुनभन्दा दोब्बर हो । यो स्थितिबीच अमेरिकी राष्ट्रपतिले संक्रमणको घातकलाई नकार्दै ९९ प्रतिशत संक्रमितहरु पूर्णतः हानिरहित रहेको दावी गरेपछि  अमेरिकी अधिकारीहरुलाई चिन्तित तुल्याएको छ । 

स्रोतः न्यूयोर्कटाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप