बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश सरकारको राहत कोषमा ग्लोबल आइएमईको १० लाख सहयोग

बुधबार, २४ असार २०७७, १४ : १५
बुधबार, २४ असार २०७७

जनकपुरधाम । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको राहतकोषमा ग्लोबल आइएमई बैंकले रु १० लाख सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतलाई सो बैंकका प्रतिनिधिले आज उक्त रकम बराब्रको चेक हस्तानान्तरण गरेको मुख्यमन्त्रीका प्रेस संयोजक आतिष मिश्रले जानकारी दिए । प्रदेश सरकारले सञ्चालन गरेको सो कोषमा विभिन्न बैंकका साथै केही सामाजिक संस्था र उद्योगपतिहरुले सहयोग रकम उपलब्ध गराउँदै आइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप