मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय समाचार समिति विराटनगरलाई मोटरसाइकल हस्तान्तरण

बुधबार, २४ असार २०७७, १५ : ०३
बुधबार, २४ असार २०७७

मोरङ । प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले  राष्ट्रिय समाचार समिति (रासस) प्रदेश नं १ कार्यालय विराटनगरलाई १५० सिसीको एक थान पल्सर मोटरसाइकल आज प्रदान गरेको छ । मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र उपसचिव कमलबहादुर थापाले संयुक्त रुपमा रासस प्रदेश प्रमुख मोहम्मद सदरुललाई सो मोेटरसाइकलको साँचो हस्तान्तरण गरे ।

सत्यतथ्य समाचार पस्कने  राज्यको एक मात्र समाचार समिति राससलाई समयानुकूल सुदृढ, सबलीकरण र सक्षम बनाउने घोषणा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यसअघि गरेका थिए । मन्त्रालयले  गुणस्तरीय समाचार सङ्कलन एवं सम्प्रेषण गर्न सहयोग पुग्ने उद्देश्यले  राससमा आबद्ध प्रदेशस्तरका  ३३  समाचारदातालाई तीनदिने तालीम प्रदान गर्न सहयोग गर्नाका साथै  फर्निचर, क्यामेरा, ल्यापटप जस्ता सामग्री उपलब्ध गराइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप