अस्ट्रेलियाका पूर्वमन्त्रीले उद्घाटन गरे नेपालीले खोलेको कलेज
अस्ट्रेलियाको न्यू साउथ वेल्समा नेपाली लगानीमा खोलिएको प्राबिधिक कलेज नेशनल इन्ष्टिच्यूट अफ एजुकेसनुको अस्ट्रेलियाका पूर्व यातायात र पर्यटन मन्त्री ब्रुश बैर्डले उद्घाटन गरेका छन।
उद्घाटन मन्तव्यमा बैर्डले नेपाली युवाहरुको लगानीले गौरवान्वित बनाएको बताउँदै सफलताको शुभकामना दिए। बैर्डले दस बर्ष देखि सङ्गतको आधारमा संस्थापक लोहनीको नेतृत्वमा कलेजले धेरै प्रगती गर्ने बिश्वास व्यक्त गते।
उक्त कलेजमा चाइल्ड केयर, इन्फर्मेसन टेक्नोलोजी, अकाउन्टिङ, ब्यवस्थापन र टेलिकम्यूनिकेशन इन्जिनियरिङ लगायतका कोर्समा पढाई हुने संस्थापक सागर लोहनीले बताए। प्राबिधिक र व्यावसायिक सीप सम्बन्धि कोर्स भएकोले कलेजको पढाइ जुनसुकै देशमा अवसरमुलक हुने लोहनीको दावी छ।
अधिकांश विद्यार्थीको काम र पढाइ बीच सामान्जस्य नभएको सन्दर्भमा यस खाले प्राबिधिक विषय पढेर स्नातक तथा स्नातकोत्तर अध्यन गर्ने विद्यार्थीले काम पाउन सजिलो हुने र आफ्नो पढाइ अनुसारको काम समेत पाउने भएकाले यसकाले कोर्स सुरु गरिएको लोहनिले बताए।
हालसालैका वर्षहरूमा अस्ट्रेलिया सरकारले आवासीय मापदण्डमा धेरै परिवर्तन गरेको छ। प्राबिधिक र व्यावसायिक सीप भएका ब्याक्तीलाई सहज हुने हुँदा कलेज प्रती विद्यार्थीको आकर्षण रहने लोहनीको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै