बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियर लिग राउन्ड अपः कीर्तिमान पछ्याउँदै लिभरपुल, सिटीको गोल वर्षा

बिहीबार, २५ असार २०७७, ०७ : १२
बिहीबार, २५ असार २०७७

प्रिमियर लिगमा कीर्तिमानी अंक बटुल्ने होडमा रहेको च्याम्पियन लिभरपुलले ब्राइटनलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । खेलको सुरुवातमा नै ब्राइटनले दुई गोल खान पुगेको थियो । मोहमद शलाह र जोर्डन हेन्डरसनले दुई मिनेटको अन्तरमा लिभरपुलका लागि दुई गोल गरेका थिए ।

तर, पहिलो हाफको अन्त्यमा लियान्ड्रो ट्रोसार्डले गोल गर्दै निकै संघर्ष गरेको ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनले तारिक लाम्पटेको क्रसमा एलिसनलाई बिट गरेका थिए ।

दोस्रो हाफमा सलाहले अर्को गोल थप्दै लिभरपुलको जीत सुनिश्चित गरे । यो सिजन लिगमा उनको १९ औँ गोल हो । जीतसँगै लिभरपुलको  ३४ खेलबाट ९२ अंक पुगेको छ ।

टोली म्यान्चेस्टर सिटीले लिगमा बनाएको १ सय अंकको कीर्तिमानबाट मात्र ८ अंकले टाढा रहेको छ । लिभरपुलले यो सिजन ३४ मध्ये ३० खेल जितेको छ । दुईमा हार तथा दुई खेलमा बराबरी गरेको छ । लिगको एक सिजनमा सबैभन्दा चाडो ३० खेल जित्ने पनि लिभरपुल पहिलो टोली बनेको छ । 

उता, सिटीले पनि न्युक्यासल युनाइटेडमाथि गोलको वर्षा नै गरेको छ । अघिल्लो खेलमा साउथह्याम्पटनसँग अप्रत्यासित पराजय बेहोरेको सिटीले यो खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो ।

ग्याब्रियल जिससले ९ खेलको गोलको खडेरी अन्त्य गर्दै सिटीलाई खेलको १० औँ मिनेटमा अग्रता दिलाए । रियाद महारेजले सिटीका लागि दोस्रो गोल थपे ।

दोस्रो हाफमा फेडेरियो फर्नान्डेजले आत्मघाती गोल गरे भने डेभिड सिल्भाले सिटीका लागि फ्रिकिकबाट चौथो गोल गरे । खेलको इन्जुरी समयमा राहिम स्टर्लिङले पाँचौ गोल थपे । खेल सिटीले ५–० ले जित्यो ।

अन्य खेलमा सेफल्ड युनाइटेडले वुल्भस र बर्नलीले वेस्ट ह्यामलाई समान १–० गोलअन्तरले हराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप