शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा थप ६७ जनामा संक्रमण पुष्टिः कहाँ थपिए ?

बिहीबार, २५ असार २०७७, ०८ : ५४
बिहीबार, २५ असार २०७७

कैलाली । बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप ६७ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमित संख्या २ हजार ७१७ पुगेको छ ।  यसअघि नै ९ सय ९३ संक्रमित निको भइ घर गइसकेका छन् भने ७ जनाको मृत्यु भइसकेको छ ।

रास्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँबाट ५८, सेतीप्रादेशिक धनगढीको प्रयोगशालाबाट ९ जनामा पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।  पुष्टि भएकामध्ये कैलालीका १३ पुरुष र ६ महिला, कञ्चनपुर ११ पुरुष र १ महिला, अछामका १७ पुरुष, बझाङ्ग ४ पुरुष रहेका छन् । त्यसैगरी बैतडीका २ पुरुष, दार्चुला १ पुरुष र डोटी ९ पुरुष र ३ महिला रहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रदेशमा हालसम्म २४ हजार ८८४ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २१ हजार १६७ मा नेगेटिभ आएको उनले बताए । १ हजार २०३ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख १७ हजार १६८ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका ५८७, बैतडीका २९७, बझाङ्गका १४३, बाजुराका ४४४, डडेल्धुराका २६९, दार्चुलाका १८, डोटीका ५३३, कैलालीका ९८६ र कञ्चनपुरका ४४० गरि ३ हजार ७१७ रहेका छन् । जस्मा महिला ८५५ र पुरुष २ हजार ८६२ जना छन् ।

क्वारेन्टिनमा ४ हजार २१७ पुरुष र १ हजार ८२ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद १५ र संक्रमित ८५ गरी १०० जनाको उपचार भइरहेको छ । ७०४ जना भने सामान्य उपचार पछि घर गइसकेका छन ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा ९, टिकापुरमा ४१, महाकालीमा १८, अछाममा १०, डोटी २, बाजुरा २ र मालाखेती अस्पतालमा ३ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

बाँकीको भने ९ वटै जिल्लाको आइसोलेसनमा उपचार भइरहेको  स्वास्थ्य महाशाखा प्रमुख कार्कीको भनाइ छ । उनले बुधबार मात्रै अछामबाट ५५ जना संक्रमित निको भएर घर गएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप