शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिरामी चौधरीलाई निर्देशक समाजको आर्थिक सहयोग

बिहीबार, २५ असार २०७७, ११ : ३७
बिहीबार, २५ असार २०७७

काठमाडौं – चितवन मेडिकल कलेजमा उपचाररार्थ फिल्म निर्देशक किशोर चौधरीलाई चलचित्र निर्देशक समाजले आर्थिक सहयोग गरेको छ । 

निर्देशक समाजले चलचित्र विकास बोर्डको कल्याणकारी कोष तथा अमेरिकामा रहेका फिल्म निर्देशकहरुबाट प्राप्त रकम आर्थिक सहयोग गरेको हो । 

निर्देशक चौधरी विगत ४ महिनादेखि कलेजो सुन्निने तथा उच्च रक्तचापको उपचार गराइरहेका छन् । अमेरिकामा रहेका निर्देशकहरुबाट प्राप्त ४२ हजार ६ सय ९७ रुपैयाँ र नेपाल चलचित्र विकास बोर्डको कल्याणकारी कोषबाट प्राप्त २५ हजार रुपैयाँ गरि कूल ६७ हजार ६ सय ७९ रुपैयाँ निर्देशक चौधरीको परिवारलाई दिइएको  चलचित्र निर्देशक समाजका महासचिव जनकदिप पराजुलीले बताए ।

‘मिस कल’फिल्म निर्देशन गरेका चौधरी लेखक, निर्माता, गीतकार तथन नृत्य निर्देशक पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप