बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नदीमा बेपत्ता किशोरको खोजी जारी

बिहीबार, २५ असार २०७७, १३ : ४०
बिहीबार, २५ असार २०७७

मार्तडी । बुढीगंगा नगरपालिका–१ अम्कोटमा पर्नें हडडे खोलाबाट बेपत्ता भएका किशोरको खोजी कार्य जारी रहेको रहेको छ । किशोर द्धारीमा रहेको बुढीगंगा नदीमा डुबेर बेपत्ता भएका छन् । गएको सोमबार गाउँमा सञ्चालन भएको विद्युत्को नहर खोलाले भत्काएपछि बनाउन बुढीगंगा नदीमा पौडी खेलेर तर्ने बेलामा बेपत्ता भएका १९ वर्षीय प्रताप थापाको खोजी  भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

नेपाली सेनाको हेलिकप्टरमा गोताखोरको टोली बाजुरा आएर घटनास्थलमा खोजी गर्न थालेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले जानकारी दिए । बुधबार प्रदेशको सशस्त्र टोली खोजी कार्यको लागि आवश्यक स्रोत साधनसहित घटनास्थलमा पुगेर खोजी कार्य गरेको प्रहरी प्रमुख भट्टराइले बताए । हेलिकप्टरमार्फत आएको गोताखोरको टोली बुधबार नै घटनास्थलमा पुगेर खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनु भएको छ । बेपत्ता भएका किशोरको सोही क्षेत्र र अछामको आसपासका क्षेत्रमा खोजी गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप