‘डान्सिङ विथ द स्टार नेपाल’ प्रसारणमा आउने
काठमाडौं । लकडाउन अगाडी घोषणा भएपनि कोरोनाको कारण सुरु हुन नसकेको टेलिभिजन रियालटी शो ‘डान्सिङ विथ द स्टार नेपाल’ अब प्रसारणमा आउने भएको छ । सरकारले तय गरेको गाइडलाईनअनुसार सुटिङ गरेर शो प्रसार हुने भएको हो ।
‘तयारी सकिएपनि लकडाउनका कारण कार्यक्रमको सुटिङ रोक्नु परेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने ‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङमा जुटेका छौं ।’ २६ श्रृङ्खलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एकएक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ ।
लकडाउनकै बीचमा २७ देशमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको छ । त्यही भएर नेपालमा पनि प्रसार गर्न खोजिएको हो ।
ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शो को रुपमा परिचित छ । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रुपमा यो रियालिटी सो हुने निर्माण संस्थाको भनाई रहेको छ । शोका विजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी