शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ग्यापु मार्केट प्लेसद्वारा भर्चुअल बार सुरु, एक घण्टामा घरमै डेलिभरी

बिहीबार, २५ असार २०७७, १८ : २६
बिहीबार, २५ असार २०७७

काठमाडौं । लकडाउनसँगै सुञ्चालनमा आएको नेपाली ई–कमर्स कम्पनी ग्यापु मार्केटप्लेस (gyapu.com)ले जी–बार सञ्चालनमा ल्याएको छ। जी–बार अन्तर्गत अल्कोहल र तयारी खाजा चौबीसघण्टा डेलिभरी गरिने बताइएको छ। 

लकडाउनका कारण बार तथा रेस्टुरेन्ट बन्द भएको समयमा ग्राहकहरुलाई सेवा दिन भर्चुअल बार सञ्चालनमा ल्याइएको ग्यापु मार्केट प्लेसका संस्थापक ज्ञानेन्द्र खड्काले बताए । जी–बारको सेवा हप्तामा सातै दिन र दैनिक चौबीसै घण्टा रहने खड्काले जानकारी दिए। ग्राहकले अर्डर गरेको एक घण्टामा घरमै डेलिभरी गरिने खड्काले बताए। 

जी–बार एउटा भर्चुअल बार हो, जहाँ ग्राहकले घरमै मेनु पाउँनेछन् र आफुलाई आवश्यक सामग्री ग्यापु डटकम बाट सोझै अर्डर गर्न सक्छ्न्। सहजताका लागि फेसबुक पेजमा च्याट मार्फत र ९८०१८५५५४९ मा फोन वा ह्वट्सएप गरेर समेत अर्डर गर्न सकिन्छ। जी–बार अन्तर्गतका सामग्री एक घन्टाभित्र घरैमा डेलिभरी हुने खड्काले बताए।

असार २५ गते सुरु भएको जी–बारमा ओपनिङ अफर अन्तर्गत २५ र २६ गते एक हजार दुई सय भन्दा बढी खरिद गर्ने सबै ग्राहकलाई दुई सय रुपैया बराबरको सपिङ भौचर प्रदान गरिने खड्काले बताए । विभिन्न ब्राण्डका अल्कोहल, चिसो पेय, कक्टेल, मोक्टेल, हुक्का सँगै तयारी खाजामा मःम, सुकुटी फ्राइ, बफ–चिकेन चिल्ली, फ्राइड राइस, बदाम साँधेको उपलब्ध हुनेछ। त्यस्तै लेज, कुर्कुरे, दालमोठ पनि डेलिभरी गराइने खड्काले जानकारी दिए।

ग्यापु मार्केटप्लेस सुरु भएको ९० दिन भित्र नै पन्ध्र हजार भन्दा बढी सामानहरु घर घरमा डेलिभरी गर्न सफल भैसकेको खड्काको दाबी छ। हाल  सात हजार भन्दा धेरै सामान सजिलै अनलाईन मार्फत खरिद गर्न सकिन्छ भने हरेक दिन पाँच सयभन्दा बढी नयाँ नयाँ सामानहरु थप भैरहेको खड्काले बताए। 

छोटो समयमै तीन दर्जन बढीलाई रोजगार दिन सफल कम्पनीले  सिधै विभिन्न कम्पनी र ठुला सप्लायर्ससँग सहकार्य गरेको छ। सामान बिक्री भएको ३ देखी ५ दिनभित्रै भेन्डरलाई भुक्तानी दिने बताउँदै खड्काले निशुल्क सामान डेलिभरी गर्ने र आकर्शक अफरहरु ल्याएको बताए।

ग्राहकले सामान खरिद गर्दा फोनपे, कनेक्ट आइपिएस, इ–सेवा, खल्ती, प्रभुपे, आइएमइ पेबाट भुक्तानी गर्न सक्छन् भने डेलिभरिकै बेला बिश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुबिधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप