बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट नियुक्त

बिहीबार, २५ असार २०७७, १८ : ३७
बिहीबार, २५ असार २०७७

ज्योति विकास बैंकको सञ्चालक समितिको बैठकले श्रीचन्द्र भट्टलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ। नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले यहि श्रावण ७ गतेदेखि आफ्नो ४ वर्षीय कार्यभार सम्हाल्ने छन्।

यसअघि, नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका श्रीभट्टको बैंक, बीमा र रेमिट गरि आर्थिक क्षेत्रमा २ दशकभन्दा बढीको अनुभव रहेको छ।नवनियुक्त प्रमुख कार्यकारी अधिकृत भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकमा सहायक महाप्रबन्धक, मेघा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत र आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार सम्हाल्हेका थिए ।

हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५८ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३लाखभन्दा बढी खाताबाट करिब रु. ३५अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु.३० अर्व लगानी गर्न सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप