बाढीबाट प्रभावितलाई तत्काल राहतको व्यवस्था गर्न ध्यानाकर्षण
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक जिल्लामा भएको प्राकृतिक प्रकोपका पीडितलाई यथाशीघ्र उद्धार र राहत दिनु पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सिन्धुपाल्चोक, बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बाढी पहिरोबाट भएको जनधनको क्षतिलाई दृष्टिगत गर्दै सरकारले छिटोभन्दा छिटो पीडित परिवारको उद्धार गरी राहतको व्यवस्था गर्नुपर्ने अध्यक्ष राणाले सरकारसँग माग गरेका छन् ।
‘हिजो रातिको अविरल बर्षाको कारण सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे जम्बु बजार डुबानमा परेको र पुलसमेत बगाएको, १४ घर डुबानमा परी १९ जना वेपत्ता भएको र दुई जनाको शव फेला परेको खबर र भोटेकोशी गाउँपालिका समेतको दुखःद क्षतिको खबरले मर्माहत भएको छु,’ बिहीबार एक वक्तव्य जारी गर्दै उनले भने ।
‘यस दुःखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु,’ राणाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ