शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विकास दुबेसँग ८ घण्टा सोधपुछः भने, ‘इन्काउन्टरको डरले प्रहरीमाथि गोली चलाएँ, मन्दिरमा बसेर असाध्यै रोएँ’

शुक्रबार, २६ असार २०७७, ०७ : ११
शुक्रबार, २६ असार २०७७

भारतको कानपुर सुटआउटका आरोपी विकास दुबेलाई उज्जैन प्रहरीले युपी एसटीएफको जिम्मा लगाइदिएको छ । विकासमाथि उज्जैनमा कुनै पनि मुद्दा दर्ता गरिएको छैन । एसपी उज्जैन मनोज कुमारले चार्जशीट बनाएर यूपी प्रहरीलाई सुम्पिएका छन् । यद्यपि, मनोज कुमारले विकासमाथि किन मुद्दा दर्ता गरिएन भन्ने प्रश्नको जवाफ भने दिन सकेनन् । उनी प्रश्नको बीचबाटै उठेर गए ।

उनले विकाससँग ८ घण्टासम्म सोधपुछ गरिएको जानकारी भने दिए । के कस्ता कुरा सोधिएको थियो भन्नेबारे प्रहरीले आधिकारिक रुपमा केही पनि जानकारी दिएको छैन ।

यता भारतीय सञ्चार माध्यम दैनिक भास्करले भने स्रोत र रिपोर्टलाई उद्धृत गर्दै विभिन्न जानकारी दिएको छ । स्रोतका अनुसार विकासले गोलीकाण्डअघि आफ्ना सबै साथीलाई हतियारसहित घरमा बोलाएका थिए । उनको घरमा ३० जनाका लागि खाना बनाउन लगाएको पनि जानकारीमा उल्लेख छ ।

प्रहरीको शव जलाउने तयारीमा थिए विकासः स्रोत

स्रोतलाई उद्धृत गर्दै दैनिक भास्करले भन्यो, ‘इन्काउन्टरको डरले विकासले आफूलाई पक्राउ गर्न गएको प्रहरीको समूहमाथि गोलीबारी गरेका थिए । विकास दिएको जानकारी अनुसार यदि थप प्रहरी घटनास्थलमा उपस्थित नभएको भए प्रहरीको शव जलाउने तयारीमा विकास थिए, यसका लागि उनले तेल पनि मगाएका थिए ।’


स्रोतका अनुसार विकासले भने, ‘प्रहरीका मानिसहरु मेरो सम्पर्कमा थिए । मलाई पक्राउ गर्न आउन लागेको जानकारी दिइयो । मैले आफ्ना साथीहरुलाई हतियारसहित घरमा बोलाएँ । घरमा ३० जनाका लागि खाना बनाइएको थियो । घटनापछि मैले सबै साथीहरुलाई छुट्टा–छुट्टै भाग्न भनेको थिएँ ।’

उनले थपे, ‘मैले जे गरेँ, त्यसमा मलाई अफसोस छ । तर मलाई गोली चलाउन बाध्य बनाइएको थियो । म मन्दिर परिसरमा बसेर असाध्यै रोएको छु ।’

प्रहरीले भने, ‘धक्का–मुक्का गर्दा चड्कन हानेँ’

विकासलाई पक्राउ गर्ने महाकाल चौकीमा पदस्थ विजय सिंह राठौरले विकासले भाग्ने कोसिस गरेको जानकारी दिए । उनले सुरक्षाकर्मीलाई धक्का–मुक्का गर्दा उनको घडी चुँडिएको पनि उनले जानकारी दिए । उनले भने, ‘उनले ममाथि पनि धक्का–मुक्का गरेका कारण मैले उनलाई दुई चड्कन लगाइदिएँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप