शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार १७ खेलमा अपराजित युनाइटेडको प्रिमियर लिगमा अर्को कोशेढुंगा

शुक्रबार, २६ असार २०७७, ०७ : १७
शुक्रबार, २६ असार २०७७

एस्टन भिल्लालाई हराउँदै म्यान्चेस्टर युनाइटेडले प्रिमियर लिगमा लगातार चार खेलमा ३ गोल या सोभन्दा बढीको अन्तरले जीत हासिल गर्ने नयाँ कोशेढुंगा कायम गरेका छन् । बिहीबार राति भएको खेलमा युनाइटेड ३–० गोल अन्तरले विजयी भएको हो ।

प्रिमियर लिगमा कुनै पनि टोलीले यसरी तीन गोल या सोभन्दा बढीको अन्तरले जीत हासिल गरेको पहिलो अवसर हो । यसअघि पहिलो डिभिजनमा सन् १९८७ मा लिभरपुलले यो उपलब्धि हासिल गर्न सफल भएको थियो ।

ओले गनर सोल्स्कसायरको टोली सबै प्रतियोगितामा पछिल्लो १७ खेलमा अपराजित रहेको छ । र, चौथो स्थानमा रहेको लेस्टरभन्दा मात्र एक अंकले पछि रहेको छ । युनाइटेडका लागि खेलको २७ औँ मिनेटमा पेनाल्टीमार्फत ब्रुनो फर्नान्डेजले पहिलो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मेसन ग्रिनवुडले दोस्रो गोल गरे भने दोस्रो हाफमा पाउल पोग्बाले तेस्रो गोल गर्दै जीन सुनिश्चित गरे ।

हारसँगै भिल्ला लिग टेबलमा पुछारबाट दोस्रो स्थानमा खस्किएको छ । टोली यो सिजन रेलिगेसनमा पर्ने खतरा बढेको छ ।

अन्य खेलमा टोटनह्याम हटस्पर्स बोर्नेमाउथसँग गोलरहित बराबरीमा रोकियो भने एभर्टनले साउथह्याम्टनसँग १–१ को बराबरी खेल्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप