शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सोउलका मेयर मृत भेटिए

शुक्रबार, २६ असार २०७७, ०८ : ००
शुक्रबार, २६ असार २०७७

दक्षिण कोरियाको राजधानी सोउलका मेयर मृत भेटिएका छन् । उनीमाथि उनकी पूर्व सेक्रेटरीले यौनहिंसाको आरोप लगाएकी थिइन् ।

सियोलका प्रहरीले शुक्रबार बिहानै उनको शव भेटिएको पुष्टि गरेका छन् । पार्क–वोन–सुनको शव उत्तरी सोउलको पहाडमा भेटिएको हो । उनकी छोरीले उनी सम्पर्कविहिन भएको जानकारी दिएकी थिइन् ।

मेयरको मृत्यु र यौनहिंसामा उनको संलग्नताले धेरैलाई चकित बनाएको  छ । पार्कलाई थुप्रैले राजनीतिमा ताराको रुपमा हेर्ने गर्थे भने उनले थुप्रै वर्षदेखि महिला अधिकारको वकालत गरेका थिए ।

६४ वर्षे पार्कले बिहिबार आफू बिरामी भएको बताएका थिए । एकदिन अघि मात्रै उनकी सेक्रेटरीले उनीविरुद्ध यौनहिंसाको मुद्दा दर्ता गरेकी थिइन् ।

स्रोतः द न्यूयोर्क टाइम्स


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप