शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीलाई कुटपिट गरी फरार हत्या आरोपी पक्राउ

शुक्रबार, २६ असार २०७७, ११ : १०
शुक्रबार, २६ असार २०७७

कैलाली । प्रहरी हिरासतबाट फरार भएका गणेशबहादुर ऐरलाई प्रहरीले प्रकाउ गरेको छ । खाना खाएर हात धुने बेला गार्डमा रहेका प्रहरीलाई कुटपिट गरी फरार भएका ऐरलाई आज प्रहरीले पकाउ गरेको हो ।

कैलालीको चुरे गाउँपालिका–६ को सिराडी ग्वासी माविको जङ्गलको खेतमा हिनिरहेको अवस्थामा पकाउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले रातोपाटीलाई जानकारी दिए । उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याइएको बताए ।

आफ्नै हजुरआमा हत्या अभियोगमा कैलालीको ईलाका प्रहरी कार्यालय फल्टुडेको थुनामा रहेका ऐर बुधबार राति ९ बजे फरार भएका थिए । फरार भए लगत्तै ऐरलाई खोजबिन गरी पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायब उपरीक्षक प्रतिक विष्टको नेतृत्वमा टोली खटिएको थियो ।

ऐरले गत २३ गते घरमा कोही नभएको मौका छोपी दिउँसो ३ बजे आफ्नै हजुरआमालाई फलामको रडले घाटीमा प्रहार गरी घाइते बनाइ घरको पश्चिमतिरको अरहरको झाडीमा लगेर धारिलो हतियारले प्रहार गरी हत्या गरेका थिए । शवलाई झाडीले छोपी राखेको अवस्थामा प्रहरी फेला पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप