मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गायक हिमाल सागरले गरे फिल्म खेल्ने घोषणा

शुक्रबार, २६ असार २०७७, १२ : २१
शुक्रबार, २६ असार २०७७

काठमाडौं । ‘न मैले लेखेँ’, ‘तीन ढिंके फुली’, ‘ए माया’लगायत थुप्रै हिट गीतका गायक हिमाल सागर फिल्म अभिनयमा पनि आउने भएका छन् । सागरले हालै सामाजिक संजाल मार्फत अभिनय गर्ने घोषणा गरेका हुन् ।

सांगीतिक कार्यक्रमको सिलसिलामा करिव साढे चार महिनाअघि अमेरिका पुगेपछि गायक सागर अहिले पनि अमेरिकामै छन् । लकडाउनका कारण उतै रोकिएका सागरले दर्शक र स्रोताको चाहनालाई मध्येनजर गर्दै आफूले फिल्ममा अभिनय गर्न लागेको सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

‘धेरै दर्शक र स्रोताहरुको चाहनालाई मध्येनजर गरेरै कोरोनाको कहर कम भएपछि आधा सुटिङ विदेश र आधा नेपालमा गर्नेगरी फिल्म खेल्ने पक्का’ सागरले फेसबुकमा लेखेका छन् । 

फिल्मको निर्माण पक्ष, कथा, निर्देशक, निर्माताबारे सागरले केही खुलाएका भने छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप