शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एसियाको स्कीम नै स्कीमः ५ दिनभित्र साँवा –ब्याजको रकम भुक्तान गर्नेले पाउनेछन् ब्याजदरमा सहुलियत

एनआईसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपाने
शुक्रबार, २६ असार २०७७, १३ : ५५
शुक्रबार, २६ असार २०७७

कोरोना भाइरसका  कारण विश्वभरकै  अर्थतन्त्र प्रभावित छ । नेपालमा पनि यसको प्रभावमा सबै क्षेत्र परेका छन् । कोरोनाकै कारण देशको जीडीपीमा संकुचन आउने सरकारी आँकलन छ । यस्तो असामान्य अवस्थामा गुज्रिएको देशको अर्थतन्त्र चलायमान बनाउन एनआईसी एसियाले केही स्कीम ल्याएको छ । ग्राहकका सुविधाका लागि ल्याइएको स्कीमका बारेमा एनआईसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेसँग गरिएको कुराकानीको अंशः
 

कोरोना भाइरसले थलिएको अर्थतन्त्रलाई उकास्न ल्याएको एनआईसी एसिया बैङ्कको योजनाको बारेमा बताइदिनुहोस् न ।

–विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ ले नेपालको अर्थतन्त्रका सम्पूर्ण क्षेत्रहरुलाई गम्भीर असर पारेको छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउनकै लागि बैङ्क तथा वित्तीय क्षेत्रहरुले संयमित ढंगले आफ्नो सेवा तथा सुविधालाई निरन्तरता दिनु नै आजको आवश्यकता हो । विषम परिस्थितिसँग  जुधिरहेका हामीले ऋणीहरुमा परेको असाधारण असरलाई सम्बोधन गर्न वैशाख, जेष्ठ, असार महिनाका लागि विशेष योजना ल्याएका छौँ । नेपाल राष्ट्र बैङ्कबाट २०७७/०१/१६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा बैङ्कले वैशाख र जेष्ठ महिनासम्ममा तिर्नुपर्ने सम्पूर्ण किस्ता वा ब्याज रकम क्रमशः वैशाख तथा जेष्ठ मसान्तभित्र पूर्ण रुपमा चुक्ता भुक्तान गर्नुभएका ऋणीहरूलाई सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना कार्यान्वयन गरिसकेका छौँ । यस योजनामा उत्साहपूर्ण सहभागिता रह्यो र उक्त योजना अनुरुप हुन आउने १० प्रतिशत ब्याज छुटको रकमसम्बन्धित ग्राहकको खातामा जम्मा गरिसकेका छौँ । आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुभएमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने हाम्रो योजना रहेको छ ।


कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिनाभित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा २५ वेसिस पोइन्ट (०.२५ प्रतिशत विन्दु) छुट प्रदान गर्ने योजना छ । साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाई गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा शतप्रतिशत मिनाहाको व्यवस्था गरेका छौँ । यो सुविधा मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै आवधिक कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैङ्कबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेगरि ल्याइएको सहुलियत सुविधा हो ।


तोकिएकै समयमा साँवा बयाज भुक्तान गर्दा अन्य सुविधाहरु के–के पाइन्छ ?

–हामीले ल्याएको यस योजना मुताविक नेपाल राष्ट्र बैङ्कले निर्दिष्ट गरेको २ प्रतिशत ब्याज छुटको अलावा यस बैङ्कबाट कर्जा सुविधा लिनुभएका ऋणीहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुभएमा उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्रतिशत कायम गर्ने व्यवस्था गरेका छौँ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज र जरिवाना रकममा शतप्रतिशत मिनाहाको व्यवस्था गरेका छौँ । यस बाहेक कर्जा नवीकरणको हकमा २०७७ आषाढ मसान्तसम्ममा नवीकरण गरिसक्नुपर्ने कर्जाहरूको २०७७ आषाढ महिना भित्रै नवीकरण गरेमा नवीकरण शुल्कमा २५ वेसिस पोइन्ट (०.२५ प्रतिशत विन्दु) छुट प्रदान गर्ने योजना छ । कोरोना महामारीको यस असाधारण समयमा सबै सरोकारवालाहरूले असाधारण स्तरकै कदम चालेर देशको बृहत्तर अर्थतन्त्रको हित तथा रक्षाका लागि आ–आफ्नो हिसाबले योगदान पु-याउनुपर्ने आजको टड्कारो आवश्यकतालाई हरसम्भव सम्बोधन गर्ने हेतुले यस बैङ्कले ल्याएको योजनाले ग्राहकको वित्तीय भारलाई केही मात्र भए पनि कम गरी उहाँहरूको घाउमा मलमपट्टी लगाउन सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ ।  यस बैङ्कको उत्तरदायी मूलमन्त्र अनुरुप बैक एक उत्तरदायी कर्पोरेट नागरिक भएको नाताले यस विषम परिस्थितिमा ग्राहक महानुभावहरूको हित तथा रक्षाको लागि यस बैङ्क पनि उत्तिकै उत्तरदायी हुने हुनाले यस बैङ्कले नेपालको बैँकिङ्ग इतिहासमा सम्भवत् पहिलो पटक ग्राहकको सर्वोपरि हितमा रहने गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको तीन वटै महिनामा ग्राहकहरू सामुन्ने आकर्षक योजना प्रस्तुत गरिएको हो ।

ब्याजदर सुविधा त सीमित क्षेत्रका ऋणीहरुलाई मात्र हो वा सबैलाई ?

–कोभिड–१९ ले  अर्थतन्त्रको सम्पूर्ण क्षेत्रहरु (उद्योगधन्दा, कलकारखाना, व्यापार, वाणिज्य, पर्यटन आदि) लाई असर पारेको छ । फरक यति मात्र हो की, कुनै क्षेत्रलाई अत्याधिक असर परेको छ र कसैलाई तुलनात्मक रुपमा न्यून असर परेको छ । त्यसैले कोरोना भाइरसको संक्रमणलाई कम गर्न जारी लकडाउनका कारण असर परेका सबै ऋणीहरू र विभिन्न क्षेत्र तथा प्रकृतिका कर्जाहरूलाई लक्षित गर्दै हामीले विशेष योजना ल्याएका हौँ । यो सुविधा मासिक तथा त्रयमासिक किस्ताबन्दी कर्जाहरूका साथै आवधिक कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैङ्कबाट प्रवाह भएका सम्पूर्ण क्षेत्रका कर्जाहरूमा लागू हुनेगरि ल्याइएको सहुलियत सुविधा हो ।


न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष ( Moratorium period ५ वर्ष समेत गरी) घर कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । कर्जा लिनको निमित्त यस बैङ्कमा आउनुहुने ग्राहकहरुलाई बैङ्कले आवश्यक प्रक्रिया पु¥याएर ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने समेत व्यवस्था गरिएको छ ।


बैङ्कबाट यसअघि ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गरिरहेका ग्राहकहरुको हकमा फेरि कर्जाको ब्याज बढ्ने त होइन नि ?

यस असाधारण असरको बेला ग्राहक महानुभावहरूको वित्तीय भारलाई जतिसक्दो कम गर्ने योजना हामीले बनाएका छौँ । सोही योजना अनुरुप हामीले वैशाख र जेष्ठ महिनामा दिएको सहुलियत भन्दा अझ उत्कृष्ट र अतुलनीय फाईदा दिने गरी आषाढ महिनाका योजना सार्वजनिक गरेका हौँ । तर हाम्रो बैङ्कबाट यसअघि समेत ९.९९ प्रतिशत भन्दा कम ब्याजदरमा कर्जा उपभोग गर्नुभएका ऋणीहरुको हकमा विद्यमान ब्याजदरलाई नै निरन्तरता दिने छौँ । अर्कोतिर ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर कायम भएका ग्राहकहरुको समेत सम्पूर्ण रकम आषाढ महिनाभित्र चुक्ता भुक्तान भएमा २०७७ श्रावण १ गतेदेखि आषाढ महिनाको योजनाअनुरुप ९.९९ प्रतिशत ब्याजदर कायम हुनेछ ।

बैङ्कमा नियमित रुपमा कर्जाको साँवा तथा ब्याज बुझाउने ऋणीहरुको हकमा श्रावण एक गते पश्चात के हुन्छ ?

–बैङ्कमा नियमित रुपमा कर्जाको साँवा तथा ब्याज बुझाउने ग्राहक महानुभावहरुको ब्याजदर श्रावण १, २०७७ देखि लागूहुनेगरी ९.९९ प्रतिशत कायम गर्नेछौँ ।

के यो ब्याज सहुलियत निष्क्रिय कर्जाहरूले पनि प्राप्त गर्न सक्नेछन् ?

-हामीले यो ब्याजदर सहुलियत सम्पूर्ण प्रकृतिका सक्रिय तथा निष्क्रिय कर्जाको लागि ल्याएका हौँ । ग्राहकहरूले यस बैङ्कमा चुक्ता भुक्तान गर्नुपर्ने रकम चुक्ता भुक्तान गर्नुभएमा जतिसुकै लामो अवधि देखि भुक्तानी गर्न बाँकी रहेको कर्जाको हकमा पनि ब्याजदर ९.९९ प्रतिशत हुनेगरी सहुलियत दिने व्यवस्था गरेका छौँ । साथै साँवा तथा ब्याज चुक्ता भुक्तान गर्न ढिलाइ गर्दा लाग्ने पेनाल चार्ज÷ब्याज वा जरिवाना रकममा शतप्रतिशत मिनाहाको समेत व्यवस्था गरेका छौँ ।

ग्राहकले आफ्ना विभिन्न कर्जा खाताहरू मध्ये कुनै एकको मात्र सांँवा तथा ब्याज चुक्ता भुक्तान गरेको हकमा के हुन्छ ?

–ग्राहकको नाममा स्वीकृत सम्पूर्ण कर्जाहरूको आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज वहाँहरूले चुक्ता भुक्तान गर्नु भएमा मात्र ९.९९ प्रतिशतको सहुलियत ब्याज दर उपलब्ध गराउने योजना छ । साथै, एउटै समुह अन्र्तगत रहेको कुनै व्यक्ति तथा फर्मको नाममा स्वीकृत सम्पूर्ण कर्जाहरूको आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रयमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज आषाढ २०७७ भित्र भुक्तानी गर्नुभएमा उक्त व्यक्ति तथा फर्मले ९.९९ प्रतिशतको सहुलियत ब्याज दर पाउने व्यवस्था गरेका छौँ । तर किस्ताबन्दी र व्यक्तिगत ओभरड्राफ्ट कर्जाका दुई खाताहरू उपभोग गर्नुभएको एकै जना ग्राहक महानुभावको हकमा भने दुई कर्जामध्ये एउटा खाता अन्तर्गतको कर्जाको मात्र सम्पूर्ण वक्यौता साँवा वा ब्याज चुक्ता भुक्तान गर्नु भएमा ९.९९ प्रतिशतको सहुलियत ब्याजदर प्राप्त हुने छैन ।

बैङ्कले हालै कर्जासम्बन्धी नयाँ योजना सार्वजनिक गरेको छ । यसमा प्रमुख विषेशताहरु के–के छन् ?

बैङ्कले समयानुकुल ग्राहकहरुसामू उल्लेख्य योजना ल्याएर उहाँहरुको आवश्यकता पूर्ति गर्ने प्रयास अनुरुप तीन वटा सुपर चमत्कारिक कर्जा योजना ल्याएको छ । जसमा सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जाहरु रहेका छन् । अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण यी नयाँ कर्जा योजनाहरू नेपालकै बैँकिङ्ग क्षेत्रमा सर्वाधिक न्यून ब्याजदर ८.२५ प्रतिशत तथा प्रशासनिक शुल्क ०.२५ प्रतिशतमा  उपलब्ध छन् । यस बाहेक कर्जा प्रवाह भएको एक वर्षसम्म ब्याजदर परिवर्तन नहुने र दोस्रो वर्ष पश्चात् बैङ्कको आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर ८.२५ प्रतिशतसम्म भए सोही कायम रहने अन्यथा आधार दरमा नै कर्जाको ब्याजदर कायम हुने, ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने, कर्जाको पूर्वस्वीकृति गर्न सकिने, घर कर्जाको हकमा वार्षिक रुपमा आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने लगायतका सुविधाहरु सुपर चमत्कारिक कर्जामा रहेका छन् ।

यस बैङ्कको सुपर चमत्कारिक घर कर्जा योजना अन्य बैङ्कभन्दा कसरी पृथक छ ?

हामीले ल्याएको सुपर चमत्कारिक घर कर्जाको सुविधा नेपालका अन्य बैङ्क तथा वित्तीय संस्थाको भन्दा अतुलनीय र अनुपम रहेका छन् । न्यूनतम ५ वर्ष देखि अधिकतम ३० वर्ष ( Moratorium period ५ वर्ष समेत गरी) घर कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम रू.१ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जस अन्तर्गत अधिकतम ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा समेत लिन सकिने व्यवस्था गरिएको छ । कर्जा लिनको निमित्त यस बैङ्कमा आउने ग्राहकलाई बैङ्कले आवश्यक प्रक्रिया पु-याएर ४८ घण्टाभित्रै कर्जाको निर्णय दिने समेत व्यवस्था गरिएको छ । यसमा निकै अनुुपम एवम् अतुलनीय सुविधाले भरिपूर्ण विशेषताहरु रहेका छन् । जस्तै घर कर्जाको हकमा व्यवस्था गरिएको लचिलो किस्ता  सुविधा । यस अन्तर्गत ग्राहक महानुभावहरुले एक वर्षको लागि आफ्नो ईएमर्आइ आफै निर्धारण गर्न सक्नुहुनेछ र सो एक वर्षको अवधि समाप्त भएपश्चात् पुनः आफ्नो वित्तीय क्षमता तथा भविष्यमा आउने आयस्रोतको आधारमा आफ्नो ईएमआई निर्धारण गर्न सक्नेछन् । साथै नेपालका अन्य बैङ्क तथा वित्तीय संस्थामार्फत कर्जा उपभोग गरिरहनुभएका महानुभावहरूले हामीले ल्याएको योजनामा इच्छा देखाएर आफ्नो सजिलै कर्जा स्थानान्तरण गर्न सक्नुहुनेछ । घर निर्माण गर्दाको हकमा बैङ्कले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणको लागि अधिकतम ५ वर्षसम्मको Moratorium period लिन सकिने व्यवस्था छ । उक्त Moratorium अवधिमा ऋणीले कर्जाको ब्याज मात्र भुक्तानी गर्न सक्ने समेत सुविधा रहेको छ । साथै, कर्जा पूर्ण रुपमा भुक्तानी तथा आशिंक चुक्ता गर्दा बैङ्कले कुनै किसिमको शुल्क लिने छैन । यस बाहेक पूर्व कर्जा स्वीकृत गराएर घर/जग्गा खरिद तथा निर्माण सुरु गर्न सकिने तथा पहिलो पटक घर खरिद÷निर्माण गर्दा धितोको बजारमूल्यको ७० प्रतिशतसम्मको कर्जा सुविधा बैङ्कले दिने व्यवस्था छ ।

कर्जासम्बन्धी जिज्ञासा वा गुनासो सम्बोधन गर्नको लागि बैङ्कले ‘कर्जा सहायता केन्द्र’ सञ्चालनमा ल्याएको छ । यसले ग्राहकलाई कसरी मद्दत/सहयोग मिल्नेछ ?

–हाम्रो बैङ्कबाट जुन सुकै कर्जा उपभोग गर्नुभएका ग्राहकले कर्जासम्बन्धी सल्लाह, सुझाव तथा गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्नका लागि ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरिएको छ । एक द्वार प्रणालीमा आधारित यस केन्द्रबाट कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू, कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधान ग्राहकले घरमै बसी सहज तरिकाले पाउन सक्नुहुनेछ । ग्राहक महानुभावहरूले जुनसुकै स्थान र माध्यमबाट जुनसुकै समयमा पनि आफ्नो कुरा राख्नसक्ने व्यवस्थालाई प्रभावकारी तथा ग्राहकमैत्री बनाउदै लैजाने हाम्रो सोच रहेको छ । ग्राहकहरूले ‘कर्जा सहायता केन्द्र’ को मिस्ड कल बैकिङ नम्बर ९८०१२२७७५५ मा मिस्ड कल गरी वा ज्भ्ीए टाइप गरी ३४४८८ मा एसएमएस मार्फत वा बैङ्कको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैङ्कको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैङ्कको प्रतिनिधिसँग सिधा कुरा गर्न सकिने व्यवस्था छ । सहायता केन्द्रमा ग्राहकहरूले सम्पर्क गरेपछि बैङ्कको प्रतिनिधिले तीन घण्टाभित्र ग्राहकलाई सम्पर्क गरी विस्तृत जानकारी लिई सम्बन्धित जिज्ञासा वा गुनासोको प्रकृति हेरी दुई कार्य दिनभित्र समाधान गर्ने बैङ्कले व्यवस्था मिलाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप