बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट ब्राजिलमा करिब ७० हजारको मृत्यु

शुक्रबार, २६ असार २०७७, १७ : ४३
शुक्रबार, २६ असार २०७७

एजेन्सी । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ ।

 गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९  जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ ।  ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु  र ४० हजार भन्दा बढी संक्रमित  हुदै आएको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप