केन्द्रीय संस्करण

बर्षाको प्रवाह नगरी ओलीको पक्षमा प्रदर्शन

person explore access_timeअसार २६, २०७७ chat_bubble_outline0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा शुक्रबार पनि माइतीघरमा प्रदर्शन भएको छ । पार्टीभित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्रीका समर्थकहरुले केही दिनयता प्रदर्शन गरिरहेका छन् ।

उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमणको जोखिम बढिरहे पनि प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री ओलीलाई पार्टी भित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । 

ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो । सरकार आफैंले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन र कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भनेपनि ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका हुन् ।

शुक्रबार बिहानैदेखि वर्षा भइरहेपनि त्यसको प्रवाह नगरी प्रदर्शन भएको हो । पार्टीको स्थायी समिति बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका बहुमत सदस्यहरुले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.