शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा पार्टीलाई एकढिक्का राख्नका लागि भ्रातृसंगठनहरु अग्रसर

शुक्रबार, २६ असार २०७७, १९ : २७
शुक्रबार, २६ असार २०७७

जनकपुर । सत्तारुढ नेकपाको अध्यक्षद्वयबीचको आन्तरिक किचलो चलिरहदाँ भ्रातृ संगठनहरु भने पार्टीलाई एक ढिक्कासहित अघि बढ्नु पर्ने भन्दै धनुषामा ज्ञापन पत्र बुझाएका छन् ।

शुक्रबार नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ धनुषा र अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन धनुषाले संयुक्तरुपमा नेकपा धनुषा जिल्ला कार्यालयमा धर्ना दिई ज्ञापन पत्र बुझाएका हुन् ।

धर्ना दिँदै युवा र विद्यार्थीले फुटवादीहरु होसियार, एमसीसी खारेज गर, संसद अधिवेशन चालु गर लगायतको नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन समेत गरेका छन् ।

उनीहरुले पार्टी फुटाउन कुनै किसिमको गतिविधि नगर्न नगराउन भन्दै धर्ना दिँदै जिल्ला पार्टी कार्यालय मार्फत नेकपाको केन्द्रीय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

युवा संघ धनुषाका जिल्ला संयोजक सरोज यादव र अनेरास्ववियू धनुषाका संयोजक आरपी यादवले संयुक्त रुपमा हस्ताक्षर गर्दै नेकपा सचिव दिपक यादवलाई ज्ञापनपत्र बुझाएका छन् । नेकपा धनुषाका अध्यक्ष राजकिशोर यादवले ज्ञापन पत्र बुझ्न नमानेपछि सचिव दिपक यादवलाई बुझाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री पद पनि नछाड्ने भन्दै अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनैपनि पद नछाड्ने भनेपछि अहिले दुवै अध्यक्ष वीच पार्टी र सरकार संचालन बारे गम्भिर बहस र छलफल पार्टी भित्र समेत चलिरहेको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद बचाउनका लागि जनकपुर लगायत देशभर  विभिन्न ठाउँमा उनका समर्थकहरुले नारा जुलुस सहितको प्रदर्शन गर्दै आइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप