बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यस वर्षको ‘जसुदा स्मृति पुरस्कार’ देवेन्द्र शक्तेनलाई

शनिबार, २७ असार २०७७, ०९ : ५६
शनिबार, २७ असार २०७७

यस वर्षको ‘जसुदा स्मृति पुरस्कार’ कवि तथा चिन्तक देवेन्द्र शक्तेनलाई प्रदान गरिने भएको छ । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामको बैठकले शक्तेनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका पति वरिष्ठ पत्रकार पुष्पराज प्रधानले उक्त पुरस्कार स्थापना गरेका हुन् ।

भानु जयन्तीको अवसरमा कोभिड–१९ को परिस्थितिलाई मध्यनजर गरी सोही अनुरुपको कार्यक्रम आयोजना गरेर शक्तेनलाई सो पुरस्कार प्रदान गरिने समितिले जनाएको छ । पुरस्कारमा नगद र सम्मान–पत्र समावेश रहेको छ ।

तीस दशकका अग्रज कवि शक्तेनको 'दन्त्यकथाको देश' कविता संग्रह प्रकाशित छ ।

अघिल्लो वर्ष यो पुरस्कार लेखक बालिका थपलियालाई प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप