शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोलाले बगाएर पिलरमा अड्किएका युवाको जिवितै उद्धार

शनिबार, २७ असार २०७७, ११ : १०
शनिबार, २७ असार २०७७

घोराही - खोलाको बीच भागमा रहेको पिलरमा अड्किएका दाङका एक जना युवालाई खोलाबाट जिवितै उद्धार गरिएको छ । पत्रे खोला पुलमा ६ बर्षसम्म पुल नबन्दा जनताले सास्ती पाएका छन् । 

शुक्रबार बेलुका १० बजे तुल्सिपुर १८ पत्रे खोलामा सोही ठाउँकै २८ वर्षीय अजय घर्ती खोलाको बीच भागमा रहेको पिल्लरमा अड्किएको र उनलाई प्रहरीको सहयोगमा सोनापुर सिमेन्टको क्रेनबाट जिवित उद्धार गर्न सफल भएको हो ।

खोला तरेर साइकल लिएर घर फकिँदै गर्दा घर्तीलाई बगाएर पिल्लरमा अड्काएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । लगातारको बर्षाले पत्रे खोलामा बाढी आएको छ । 

बर्षौंदेखि बर्षायाममा खोलामा बाढी आएर आवतजावत गर्न नसक्दा जनताले दुःख पाउँदा पनि स्थानीय, प्रदेश र संघीय सरकार मुकदर्शक बनेका छन् । पटक–पटक पुल बनाउन दबाब दिँदा सरकारी निकायले मौनता साँध्दै आएको स्थानीयको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप