अमिताभ बच्चनसहित अभिषेक बच्चन पनि कोरोना पोजेटिभ, ऐश्वर्याको पनि भयो परीक्षण
चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चन कोरोना पोजेटिभ पाइएका छन् ।
कोरोना पोजेटिभ पाइएपछि अमिताभ बच्चनलाई अबेर राती मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ । यस्तै अभिषेक बच्चन पनि अस्पताल भर्ना भएका छन् ।
Both #AmitabhBachchan and Abhishek Bachchan underwent Antigen test & they have tested positive for #COVID19. Other family members including Jaya Bachchan and Aishwarya Rai Bachchan were also tested, their results will come tomorrow: Maharashtra Health Minister Rajesh Tope pic.twitter.com/iXpuFJR1xQ
— ANI (@ANI) July 11, 2020
महाराष्ट्रका स्वास्थ्यमन्त्री राजेश टोपेले समाचार एजेन्सी एएनआईलाई भने, ‘अमिताभ बच्चन र अभिषेक बच्च्नको एन्टीजेन परीक्षण गरिएको थियो जसको नतिजा पोजेटिभ आएका छन् । उनको परिवारका अन्य सदस्य जया बच्चन र ऐश्वर्या राय बच्च्नको पनि कोरोना परीक्षण गरिएको छ । उनीहरुको परीक्षणको रिपोर्ट आइतबार आउनेछ ।’
यसअघि अमिताभ बच्चनले सोसल मिडियामा आफ्नो स्वास्थ्यबारे जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ