शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डोको दुई गोलमा जोगियो युभेन्टस

आइतबार, २८ असार २०७७, ०७ : ३२
आइतबार, २८ असार २०७७

क्रिस्टियानो रोनाल्डोले पेनाल्टीबाट दुई गोल गरेपछि एटलान्टाविरुद्ध अप्रत्यासित हारबाट बच्दै युभेन्टसले इटालियन सिरिए ए को शीर्ष स्थानमा ८ अंकको अग्रता बनाउन सफल भएको छ ।

खेलमा लामो समय नियन्त्रण राखेको पाहुना टोलीले डुभान जापाटा र रुस्लान मालिनोभस्कीको गोलको मद्दतले टुरिनमा दुईपटक अग्रता लिएको थियो । तर, दुवै पटक रोनाल्डोले पेनाल्टीमार्फत गोल फर्काउँदै खेललाई २–२ को बराबरीमा अन्त्य गर्न सफल भए ।

२८ लिग खेलमा रोनाल्डोको यो २८ औँ गोल हो । यो सिजन सबै प्रतियोगितामा रोनाल्डोले युभेन्टसका लागि ३२ गोल गरिसकेका छन् ।

दोस्रो स्थानमा रहेको लाजियो सासुलोसँग अप्रत्यासितरुपमा आफ्नै घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित भएपछि एटलान्टाले लिगको दोस्रो स्थानमा उक्लने मौका पाएको थियो । तर, रोनाल्डोले एटलान्टाको सपना चकानाचुर बनाए ।

अन्य खेलमा एएस रोमाले ब्रेसियालाई ३–० गोलले पराजित गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप