शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियर लिग राउन्ड अपः सिटीको गोल वर्षा, चेल्सी स्तब्ध

आइतबार, २८ असार २०७७, ०८ : १०
आइतबार, २८ असार २०७७

राहिम स्टर्लिङको ह्याट्रिकको मद्दतले म्यान्चेस्टर सिटीले ब्राइटनमाथि ५–० को सहज जित हासिल गर्न सफल भएको छ । जीतसँगै टोली लिगको दोस्रो स्थानमा रहने पनि सुनिश्चित भएको छ ।

यसअघि घरेलु मैदानबाहिर लगातार तीन खेल हारेको सिटीले शनिबारको खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो । स्टर्लिङले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे । यो सिजन लिगमा उनको यो १७ औँ गोल थियो । सबै प्रतियोगितामा सिटीका लागि उनले २७ गोल गरेका छन् । सिटीका लागि अन्य गोल ग्याब्रियल जिसुस र बर्नान्डो सिल्भाले गरे ।

पछिल्लो दुई खेल सिटीले ५ वा सोभन्दा गोलको अन्तरले जितेको छ । पछिल्लो पटक प्रिमियर लिगमा सन् २०१७ मा सिटीले नै तीन खेल यसरी विशालअन्तरले जितेको थियो ।

उता, कीर्तिमानी १ सय अंक पछ्याइरहेको लिग च्याम्पियन लिभरपुल भने आफ्नै घरेलु मैदानमा बर्नलीसँग १–२ को बराबरीमा रोकिएको छ । योसँगै सिजनमा घरेलु मैदानमा शतप्रतिशत नतिजा कायम राख्ने लिभरपुलको सपना पनि चकनाचुर बनेको छ ।

एन्ड्र्यु रोबर्टसनले लिभरपुललाई अग्रता दिलाए पनि जे रोड्रिग्वेजले खेल बराबरी गर्न सफल भए । लिभरपुल पछिल्ला ५८ खेलमा एनफिल्डमा अपराजित रहेको छ ।

यता, तेस्रो स्थानमा रहेको चेल्सी भने सेफिल्ड युनाइटेडसँग ३–० गोलअन्तरले स्तब्ध बनेको छ । सेफिल्डको जीतमा डेभिड म्याकगोल्ड्रिकले २ तथा ओली म्याकबर्नीले एक गोल गरे ।  

जीतसँगै सेफिल्ड लिगको छैटौँ स्थानमा उक्लेको छ । टोलीले प्रिमियर लिगमा लगातार चौथो जीत हासिल गरेको सन् १९९१ पछि पहिलो पटक हो । चेल्सीले भने यो सिजन लिगमा ११ खेल हारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप