केन्द्रीय संस्करण
कोरोनाभाइरस

कोभिड–१९ : ‘सोचेभन्दा बढी खतरनाक’ रोग

कोरोनाभाइरसले पूरै शरीरमा कसरी असर गर्छ ?

person explore access_timeअसार २८, २०७७ chat_bubble_outline0

 

 

 

सामान्यतः सार्स–कोभ–२ नाम दिइएको, अहिले संसारभरि महामारी फैलाइरहेको कोरोनाभाइरसका कारण हुने कोभिड–१९ लाई श्वासप्रश्वाससम्बन्धी रोग मानिने गर्छ । तर पछिल्ला चरणमा यो श्वासप्रश्वाससम्बन्धी रोग मात्रै नभई बहुसमस्या सिर्जना गर्ने रोग हो भन्ने कुराहरु पनि आइरहेका छन् । यो रोगमा मूलतः श्वासप्रश्वास प्रणालीमा गम्भीर समस्या–जटीलताहरु त पैदा हुन्छ नै, साथसाथै, यसले शरीरका अन्य थुप्रै महत्वपूर्ण अंगहरुलाई पनि नोक्सानी पुग्ने गरेको तथ्यहरु बेलाबेलामा प्रकाश आइरहेका छन् । यसै कुरालाई बलियो रुपमा स्थापित गर्दै अहिले अमेरिकामा एउटा अध्ययन रिपोर्ट प्रकाशित भएका छ, जसले ‘कोभिड– १९ हामीले सोचेभन्दा पनि खतरनाक रोग रहेको कुरालाई प्रमाणित गरिदिएको छ ।

सोही सन्दर्भमा प्रस्तुत छः सीएनएनमा प्रकाशित रिपोर्टको नेपाली अनुवाद

https://cdn.cnn.com

कोरोनाभाइरसले फोक्सोमात्रै हैन, मृगौला, कलेजो, मुटु, मस्तिष्क र स्नायु प्रणाली, छाला र पाचन प्रणालीका नलीहरुमा समेत असर गर्ने गर्छ । गत कोभिड–१९ का विरामीहरुको रिपोर्टहरुको विश्लेषण पश्चात गत शुक्रबार चिकित्सकहरुले सो घोषणा गरेका हुन् ।

न्यूयोर्क शहरस्थित कोलम्बिया युनिभर्सिटी इर्भिङ मेडिकल सेन्टरका एक टोलीले आफ्ना अनुभवहरु तथा संसारभरिका अन्य मेडिकल टीमबाट प्राप्त गरेका रिपोर्टहरुको विश्लेषण पश्चात उक्त नतिजामा पुगेका हुन् । उक्त सेन्टर अमेरिकामा सबैभनदा बढी कोरोना संक्रमितहरु राखिएका अमेरिकाका अस्पतालहरुमध्येका एक हुन् ।

त्यसरी संकलन गरिएका कोभिड–१९ का विरामीहरुको रिपोर्टको विश्लेषणले के विहंगम तस्बिर देखायो भने कोरोनाभाइरसले करिब करिब मानव शरीरका सबै प्रमुख प्रणालीहरुमाथि आक्रमण गर्ने गर्छ । त्यसले सोझै अंगहरुलाई नोक्सान पुर्याउने काम गर्छ र रगत जमाइदिने गर्छ, मुटुको स्वस्थ गतिलाई गुमाइदिन्छ, मृगौलाले रगत र प्रोटिन निकाल्न थाल्छ र छाला चर्केर धब्बाहरु देखिन थाल्छ । यसले टाउको दुखाउने, रिंगटा लाग्ने, मांसपेशी दुख्ने, पेट दुख्ने जस्ता विभिन्न समस्याहरु देखापर्न थाल्छ । साथसाथै, खोकी र ज्वरोजस्ता श्वासप्रश्वाससम्बन्धी रोगका प्रचलित लक्षणहरु पनि देखापर्न थाल्छ ।


‘चिकित्सकहरुले कोभिड–१९ लाई बहुरोगको रुपमा लिनुपर्छ,’ कोलम्यिाका कार्डियोलोजी फेलो तथा रिपोर्टहरुका समीक्षा कार्यमा संलगन डा. आकृति गुप्ता भन्छन्, ‘रगत जमेका थुप्रै कुराहरु आएका छन्, तर साथसाथै यो ठूलो संख्यामा विरामीहरुको मृगौला, मुटु र मस्तिष्कमा क्षेति पुगेको कुरा पनि ध्यानयोग्य छ, र चिकित्सकहरुले श्वासप्रश्वाससम्बन्धी रोगहरुका साथसाथै यी अवस्थाहरुको पनि उपचार गर्नु जरुरी छ ।’


‘चिकित्सकहरुले कोभिड–१९ लाई बहुरोगको रुपमा लिनुपर्छ,’ कोलम्यिाका कार्डियोलोजी फेलो तथा रिपोर्टहरुका समीक्षा कार्यमा संलगन डा. आकृति गुप्ता भन्छन्, ‘रगत जमेका थुप्रै कुराहरु आएका छन्, तर साथसाथै यो ठूलो संख्यामा विरामीहरुको मृगौला, मुटु र मस्तिष्कमा क्षेति पुगेको कुरा पनि ध्यानयोग्य छ, र चिकित्सकहरुले श्वासप्रश्वाससम्बन्धी रोगहरुका साथसाथै यी अवस्थाहरुको पनि उपचार गर्नु जरुरी छ ।’

धेरैजस्तो यस्तो नोक्सानीहरु भाइरसले गर्न सक्नुको एउटा कारण एसीई२ रिसेप्टर्स (ACE2 receptors) भनिने कोषहरुमा छिर्ने द्वारसँग भाइरस जोडिने प्रक्रिया पनि हो । रक्तनलीका भित्ताहरु, मृगौलाहरु, कलेजोका नलीहरु,  प्यान्क्रियाज, आन्द्राका नालीहरु र श्वासप्रश्वासका नलीहरुका कोषहरु सबै एसीई२ रिसेप्टर्सले ढाकिएका हुन्छन् । कोरोनाभाइरसले ती रिसेप्टरहरुलाई आक्रमण गरेर तथा तिनमा टाँसिएर कोषहरुलाई संक्रमित तुल्याउने गर्छ । जर्नल नेचर मेडिसिनमा गत शुक्रबार प्रकाशित कोलम्बिया टीमले गरेको अध्ययनको समीक्षा रिपोर्टमा भनिएको छ । 

‘भाइरसले कोषमा गर्ने नोक्सानीका कारण कम्तिमा पनि आंशिक रुपमा यस्ता बहुअंग नोक्सानी हुने’ कुरा यो अध्ययनले देखाएको कुरा टीमले रिपोर्टमा लेखेको छ ।

कोरोनाभाइरसको संक्रमणले हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि सक्रिय तुल्याइदिने गर्छ । यस दौरानमा हाम्रो शरीरमा साइटोकिन्स (cytokines) नाम गरेको प्रोटिन पैदा हुने गर्छ । सामान्यतः बाहिरी हमलाकारी किटाणु, विषाणुहरुसँग लड्नका लागि पैदा हुने यस्ता प्रोटिन आवश्यकताभन्दा बढी सक्रिय हुँदा त्यसले आफ्नै शरीरका विभिन्न अंगका कोषहरुलाई पनि नोक्सानी पुर्याउन सक्छ । साइटोकिन स्ट्रोम (cytokine storm) भनिने यो प्रक्रियाले धेरै गम्भीर असरहरु पार्न सक्छन् ।   


कोरोनाभाइरसको संक्रमणले हाम्रो शरीरको रोग प्रतिरोधी क्षमतालाई पनि सक्रिय तुल्याइदिने गर्छ । यस दौरानमा हाम्रो शरीरमा साइटोकिन्स (cytokines) नाम गरेको प्रोटिन पैदा हुने गर्छ । सामान्यतः बाहिरी हमलाकारी किटाणु, विषाणुहरुसँग लड्नका लागि पैदा हुने यस्ता प्रोटिन आवश्यकताभन्दा बढी सक्रिय हुँदा त्यसले आफ्नै शरीरका विभिन्न अंगका कोषहरुलाई पनि नोक्सानी पुर्याउन सक्छ ।


‘यो भाइरस अस्वभाविक छ र यसले मानिसका शरीरमा के कस्ता असरहरु गर्न सकछन् भनेर भन्न तथा कदमहरु चाल्न गाह्रो छ,’ सो समीक्षा अध्ययन समूहमा संलग्न अर्का कार्डियोलोजी फेलो डा. महेश माधवन भन्छन् ।

अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुका अनुसार, कोरोनाभाइरसको कारण पैदा हुने रगत जम्ने जम्ने कुराको असर विभिन्न प्रक्रियामा देखिने गर्छ । त्यसमा रक्तनलीका भित्ताहरुलाई सोझै नोक्सानी पुर्याउनेदेखि रगत आफैंको जम्ने प्रणालीमा विभिन्न किसिमले गडबडी पैदा गरिदिने समेत पर्दछ । उनीहरुका अनुसार, कोरोनाभाइरसका कारण हुने निमोनियाका कारण रगतमा हुने अक्सिजनको कमीले रगतलाई झनै जम्ने बनाइदिन्छ ।

रगत जम्ने यो प्रक्रियाले मस्तिष्कघात, हृदयघात गराउन सक्छ वा फोक्सो वा खुट्टाका रक्तद्वारहरु अवरुद्ध गरिदिन सक्छ । यस्ता रक्त जमाइले मृगौलाको कामलाई बन्द गराइदिन वा डाइलोसिस गराइरहेका मृगौलाका गम्भीर रोगीहरुमा समेत असर पुर्याउन सक्छ । 

कोरोनाभाइरसका कारण प्यान्क्रियाजमा पुग्ने क्षतिले मानिसको मधुमेह (डायबिटिज)लाई झनै खराब तुल्याइदिन सक्छ । हेक्काराख्नुपर्ने कुरा के छ भने, डायबिटिजका रोगीहरु धेरै रोगहरुको संक्रमणमा पर्ने र कोरोनाभाइरसका कारण हुने मृत्युको उँचो खतरामा रहने गरेको देखिएको छ ।


कोरोनाभाइरसका कारण प्यान्क्रियाजमा पुग्ने क्षतिले मानिसको मधुमेह (डायबिटिज)लाई झनै खराब तुल्याइदिन सक्छ । हेक्काराख्नुपर्ने कुरा के छ भने, डायबिटिजका रोगीहरु धेरै रोगहरुको संक्रमणमा पर्ने र कोरोनाभाइरसका कारण हुने मृत्युको उँचो खतरामा रहने गरेको देखिएको छ ।


‘यो भाइरसले सोझै मस्तिष्कलाई क्षति पुर्याउन गर्छ तर तीमध्ये केही स्नायुसम्बनधी असरहरु चाहिँ उपचारका कारण देखिने गर्छ । कोभिड–१९ का विरामीहरुलाई दुईदेखि तीनहप्तासम्म ट्युव राखेर उपचार गर्न सकिन्छ, तीमध्ये एक चौथाईलाई त ३० दिनभन्दा बढी समयसम्म पनि भेन्टिलेटरको आवश्यकता पर्न सक्छ,’ गुप्ता भन्छन् ।

‘यिनीहरु धेरै लामो समय ट्युव राखेर उपचार गरिने प्रक्रिया हो र यसमा विरामीलाई लठ्याउने औषधिको धेरै प्रयोग गरिनु आवश्यक हुन्छ । यस दौरानमा विरामीलाई मतिभ्रम हुने, एकाग्रता गर्न नसक्ने र व्यवहारमा अचानक परिवर्तन आउने जस्ता समस्या देखापर्न सक्छ, जसलाई आइसीयू डेलिरियम भनिन्छ । यो समस्या कोभिड आउनुभन्दा पहिलेदेखि नै थाहा पाइएकै प्रक्रिया हो । कोभिड रोगीमा यो देखापर्नुमा थोरबहुत भाइरस र लामो समयसम्म लठ्याउने औषधिको प्रयोगका कारण हुन सक्छ ।’ रिपोर्टमा भनिएको छ ।

भाइरसले शरीरको रोगप्रतिरोधी प्रणालीमा असर गर्छ र त्यसले भाइरसको संक्रमणविरुद्ध लड्नका लागि शरीरले पैदा गर्ने टी कोषहरुलाई घटाइदिने गर्छ । ‘कोभिड–१९ का रोगीहरुमा ६७ देखि ९० प्रतिशतसम्म कोषहरुको रोगप्रतिरोधी क्षमता कम हुने समस्या (Lymphopenia)  देखिएएको पाइएको कुरा अनुसन्धानकर्ताहरुले रिपोर्टमा लेखेका छन् । कोलम्बिया टीमका अनुसार, अस्पतालमा आएका कोभिडका विरामीको उपचार गर्दा चिकित्सकहरुले यी सबै असरहरुको पनि उपचार गर्नुपर्छ ।

उक्त अध्ययन रिपोर्टका अनुसार, लमो समयसम्म विरामी पर्दा पाचन प्रणालीमा देखापर्ने गडबढीकै कारण चाहिँ मृत्युदर बढेको देखिएको छैन । साथै, कोरोना संक्रमणका कारण छालामा देखापर्ने विविरा, फोका, राताधब्जाहरु तथा खुट्टाका औंला सुन्निे जस्ता समस्याहरु पनि आफैं निको हुने गरेको पाइएको उनीहरुले उल्लेख गरेका छन् ।


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.