आजको बाढीको पूर्वानुमानः कहाँ–कहाँ छ जोखिम ?
आज कोशी, कमला, बागमती र नारायणीमा बहाव सतर्कता आसपास हुने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काईमा जलस्तर खतरा तहसम्म पुग्न सक्ने छ ।
प्रदेश १, २ र ५ को चुरे र तराईबाट बहने साना नदीमा आकस्मिक बाढी हुने उच्च सम्भावना रहेको छ । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा जिल्ला लगायत प्रदेश २ भई बहने साना नदीमा बहाव उच्च हुने महाशाखाको भनाइ छ । तराईको डुबान भइरहने होचा स्थानमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
रातिदेखि नै ईलाम, झापा, मोरङ, सुनसरी,उदयपुर, सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, मकवानपुर र आसपास मध्ययमदेखि भारी वर्षा भएकोले विरिङ, निन्दा, कन्काई, मावा–रतुवा, लोहन्द्रा, चिसाङ खोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बालन, खुट्टी चुरियाखोला, माउली, बकैया र आसपासको तटिय क्षेत्रमा रहनेलाई पूर्वसूचनाको एसएमएस पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा