सङ्खुवासभामा ७ घर बगे, ११ बेपत्ता
आइतबार, २८ असार २०७७, ११ : २४
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिरो ले सात घर बगाएको छ ।
गए राति आएको पहिरो ले बेसिन्दा गाउँका घर पहिरो ले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए ।
पहिरो का कारण बेसिन्दाका ११ जना बेपत्ता भएको जनाइएको छ । पहिरो मा परेका तीन जनाको स्थानीयवासीले उद्धार गरेका छन् ।
पहिरो का कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ । अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ ।
घटनास्थलमा प्रहरी पुगिनसकेका कारण के कति क्षति भयो भन्ने विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख नवराज मल्लले बताए । घटनास्थलतर्फ प्रहरी खटाइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै