‘साक्षी राखेर भगवानलाई’ मा मनोज र समियाको रोमान्स
आइतबार, २८ असार २०७७, १५ : १८
काठमाडौं । गीत लेखेरै १५ विश्व रेकर्ड राखेको गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘साक्षी राखेर भगवानलाई’ सार्वजनिक भएको छ । राज सागरको स्वर तथा संगीत रहेको गीत आकर्षक भिडियोसहित सार्वजनिक भएको हो ।
गीतको भिडियो सुवास प्रधानले निर्देशन गरेका हुन् । भिडियोमा मनोज ओली र समिया कार्कीको रोमान्स देख्न सकिन्छ ।
डम्बर राईको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो डीआर म्युजिक एण्ड क्रिएशनमार्फत सार्वजनिक गरिएको छ । अहिलेसम्म १९ एल्वम मार्फत सयौं गीतसंगीत सार्वजनिक गरेका गीतकार उपाध्यायको दश उपन्यास पाठकमाझ आएका छन् ।