शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोल्याण्डमा राष्ट्रपति चयनका लागि मतदान

आइतबार, २८ असार २०७७, १९ : ५८
आइतबार, २८ असार २०७७

एजेन्सी । युरोपेली मुलुक पोल्याण्डमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार मतदान भएको छ ।  नयाँ राष्ट्रपतिका लागि वर्तमान् राष्ट्रपति अन्दर्जेज डुडा र युरोपेली संसदका पूर्व सदस्य राफल ट्रजास्कोवस्कीले प्रतिस्पर्धा गरेका छन् ।

डुडालाई सत्तारुढ दल र सरकारले समर्थन गरेको छ । उनीहरुले डुडालाई नै थप पाँच वर्षका लागि राष्ट्रपति बनाउन चाहेका छन् । उनी फेरि निर्वाचित भए भने उनको त्यो दोस्रो कार्यकाल हुनेछ । अर्का प्रतिस्पर्धी राफललाई भने प्रमुख प्रतिपक्षी दल सिभिक प्लेटफर्म पार्टीले समर्थन जनाएको छ । जुन पार्टी यसअघि सन् २००७ देखि २०१५ सम्म शक्तिमा रहेको थियो । 

राष्ट्रपतिका लागि चुनावी मैदानमा उत्रिएका दुवै जना ४८ बर्षका रहेका छन् । उनीहरुबीच कडा प्रतिश्पर्धा हुने देखिएको छ । पछिल्ला सर्वैक्षणहरुले उनीहरुका बीचमा झिनो मतान्तरले जित तथा हार हुने देखाएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप