केन्द्रीय संस्करण

क्यान्सरसँग जुधिरहेकी नायिका–मोडल दिव्याको निधन, अन्तिम शब्द – म मृत्युशय्यामा छु, कृपया कुनै प्रश्न नसोध्नुहोस्

person explore access_timeअसार २९, २०७७ chat_bubble_outline0

भारतीय नायिका, मोडल तथा गायिका दिव्या चौकसेको  आइतबार निधन भएको छ । उनी विगत साढे एक वर्षदेखि क्यान्सरसँग जुधिरहेकी थिइन् । दिव्याकी दिदी सौम्या अमिश वर्माले फेसबुक पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् । यसअघि दिव्याले पनि १८ घण्टा अघि आफ्नो इन्स्टाग्राममा एउटा मेसेज लेखेकी थिइन् ।

दिव्याका अन्तिम शब्दः

दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखेकी थिइन् – म जे भन्न चाहन्छु त्यसका लागि शब्द पर्याप्त छैन । हुन त शब्द अत्यधिक छन् तर पनि कम छन् । म गायब भएको थुप्रै महिना भइसक्यो र प्रश्नको बाढी आइरहेको छ । म यतिबेला यो भन्न चाहन्छु कि म आफ्नो मृत्युशैय्यामा छु । हो, स्थिती यस्तै छ र म बलियो छु । त्यो जीवनका लागि जसमा संघर्ष छैन । कृपया केही प्रश्न नगर्नुहोस् । तपाईंहरु मेरा लागि कति महत्वपूर्ण हुनुहुन्छ भने भगवानलाई मात्रै थाहा छ ।

दिव्या सन् २०११ की मिस युनिभर्सकी प्रतियोगी हुन् । सन् २०१६ मा उनले फिल्म अपना दिल तो आवारासहित बलिउडमा डेब्यू गरेकी थिइन् । सन् २०१८ मा दिव्याले पटियाले दी क्वीन गीतसहित गायन क्षेत्रमा पनि पाइला टेकेकी थिइन् । दिव्याको निधनको खबर सुनेर उनका समकक्षी कलाकारले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.